11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

पश्चिम नवलपरासीमा पहिलो रक्तदान कार्यक्रम पाल्ही बहुमुखी क्याम्पस, परासीमा सम्पन्न

परासी, असोज ६ । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा हिजो पहिलो रक्तदान कार्यक्रम पाल्ही बहुमुखी क्याम्पस, परासीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज, दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सहआयोजना थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले रक्तदानलाई सबैभन्दा ठूलो दान भन्दै प्रत्येक तीन महिनामा नियमित रक्तदान गर्न आग्रह गर्नुभयो । उहाँले रगतको अभावले जिल्लामा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित रक्तदाता समाजको अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

रक्तदाता समाजका अध्यक्ष मोहन पौडेलले रगत आपूर्ति सहज बनाउन रेडक्रससँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा सचेतना फैलाउने र कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठक, क्याम्पस प्रमुख दीपक अर्याल, रेडक्रस रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसी, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री, रक्तदाता समाजका सल्लाहकार राजेश कुमार गुप्त, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल, रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीलगायतले शुभकामना व्यक्त गर्नुभएको सचिव पुष्पा लामाले जानकारी दिनुभयो ।

थप समाचार

ताजा खबर