पश्चिम नवलपरासीको रामग्राम नगरपालिकमा बिपत व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोे छ । रामग्राम नगरपालिकाको विपत व्यवस्थापन शाखाको आयोजनमा नगरभित्र रहेका बिद्यलायका प्रअ,शिक्षक पत्रकार रेडक्रस बिभिन्न संस्थालाई बिपत व्यवस्थापन सम्बन्धी अभिमुखिकारण दिएको हो । सम्भावित आउने बिपत र त्यसको न्यूनिकारण र सुरक्षित स्थान ठाउँ राख्नि कसरी सकिन्छ त्यसको बारेमा विपत व्यवस्थापन शाखाकी फोर्कलप्रर्सन एवम शाखा प्रमुख सुमित्रा चौधरीले जानकारी दिईन । उनको अनुसार रामग्राकको वडान १,२,३,४,५,६,७,१३,१६र १७ उच्च जोखिम तथा माध्यम जोखिम ८ र १५ र न्यूनि जोखिम ९,१०,११,१२र १४ रहेको बताईन । अगलागीमा सबै वडा जोखिम सर्पदश सबै वडा कृषि बालीमा हुने किरा रोग शितलहर र महामारी सबै वडा र सडक दुर्घटना १,२,३,४,७,१०,११,१२ र १६ उच्च जोमिख ,माध्यम जोखिममा ५,६ र १३ तथा न्यून जोखिममा ८,९,१४,१७र १८ रहेको चौधरीले तथ्याङ्गक सर्वजनिक गरेकी थिईन । नगरपालिकाले ६६ जनालाई ५हजारदेखी ३० हजारसम्म रकम जस्ता पता खाधन्न लत्ताकपडा दाराउ लगायतको समाग्री बिपतमा परेका व्यक्तिलाई राहत उपलब्ध गराएको र नगरपालिकाले बिपतमा व्यस्थापनमा ६३ लाख ५ हजार बजेट छुटाएको जसमध्ये ९ लाख खर्च गरिएको शाखा प्रमुख चौधरीले जानकारी दिईन । नगरपालिकाका प्रशासन प्रमुख रामलाल भुसालले बिपत आईपरेमा कसरी बाँच्ने उद्धार गर्ने सुरक्षित स्थानको पहिचान गर्ने तथा पूर्व सुचाना प्राणली बिपत जोखिमबारे प्रशक्षिण दिएका थिए ।

