29.2 C
Parāsi
Friday, May 1, 2026
spot_img

नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डमा ५१ .५ प्रतिशत अंक प्राप्त गर्यो ।

 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा नवलपरासी स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्ड कार्यान्वन प्रस्तुतिकरणको समउद्घाटन सम्पन्न भएको छ। नवलपरासी स्वास्थ्य केन्द्र प््रमुख प्रमुख डा. अर्थना शुक्लाको संयोजकत्वमा, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका आयूर्वेद विज्ञ डा. विवाकर ठाकुरको अध्यक्षतामा तथा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डको विभिन्न ४४४ ओटा सुचक रहेकोमा कार्यालयले ५१।५०५ अंक प्राप्त गरेको छ । गत वर्ष भने ४४।४६ प्राप्त गरेको थियो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका आयूर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्ड मुल्याङ्कन गर्ने गरेको छ । यक्त कार्यक्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेंडेंट डा. नुरुल होदाले रामग्राम नगरपालिकाले जग्गा छुट्टाइदिएको तर नवलपरासी आयूर्वेद स्वास्थ्य कार्यालयको आफ्नै भवन नभएको कारणले गर्दा अब छिट्टै बनाइदिने आशामा आफू रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रमूख जिल्ला अधिकारी हिरालाल रेग्मीले आयूर्वेद औषधी हाम्रै वरिपरि रहेकोमा हामीले एलोपेथी औषधीको भर पर्ने गरेको बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि रामग्राम नगरपालिका उप प्रमुख सम्झना चौधरीले हामीलाई बेला बेलामा भवनको बारे सम्झाएको भए यतिबेलासम्म भवन तयार भैसक्ने कुरा उल्लेख गर्नु भयो । त्यस्तै कार्यक्रमका अध्यक्ष एवं स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका आयूर्वेद विज्ञ डा. विवाकर ठाकुरले आयूर्वेद के हो भन्ने कुरा आम जन समुदायमा बुझाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी आयूर्वेद स्वास्थ्य केन्द्रकोे सेवा सुविधा तथा भौतिक संरचना बारेमा कार्यालय प्रमुख डा. अर्थना शुक्लाले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा. श्रवण कुमार चौधरी, नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रका डा. विष्णु प्रसाद पौडेल, निरन्जन राना, नरहरी अर्याल लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

ताजा खबर