31.8 C
Parāsi
Saturday, July 4, 2026
spot_img

मधेशको अधिकार र अस्तित्व जोगाउनको लागि संघिय मधेशी मोर्चा निमार्ण भएको हो। उपेन्द्र यादव

 

परासी १८ बैशाख । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै मधेशी दल एक ढिक्का भई मधेशको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताएका छन । उनले मधेशी थारु आदिबासी जनजाति महिला थारुको अस्तित्व संकट भएकोले यसलाई सबै मधेशीदल एक ढिक्का भई अस्तित्व जोगाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।
आज पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टी नेपाल नवलपरासीको एकताको प्रथम जिल्ला अधिबेशनलाई सम्बोधन गदै यादवले मधेशको अधिकार र अस्तित्व जोगाउनको लागि संघिय मधेशी मोर्चा निमार्ण भएको भन्दै अब मधेशी थारु आदिबासी जनजाति महिलाको अधिकारको लागि एक पटक फेरी मधेशमा सघर्ष गर्न आवश्यक रहेको बताउदै मधेशमा अझै पनि शिक्षा स्वास्थ्यमा पछाडिएको र अधिकार सुनिश्चित गर्न सघर्ष गर्न जरुरी रहेको बताए ।
पूर्व उपप्रधान मन्त्री समेत रहेका यादवले अहिले देशमा बिकास नहुनुको कारण भ्रष्टचार भएको मुल कारण हो । अहिले पनि केही दललाई सघियता र समावेशीता मन नपरेकोल र गणतन्त्र पक्ष नलिएको र लोकतन्त्र सामवेशीताको आत्मासाथ नलिएको यादवको भनाई थियो । अहिलेको सरकार जनतालाई पक्ष काम गर्न नसकेको र भ्रष्टचारमा लिप्त भएको जिकीर गरे । गणतन्त्र पछि उनीहरुको हात शासन सत्ता छ ।
काँग्रेस एमालेले मधेशप्रति बैमानी गरेको बताए । का जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय महासचिव रामकुमार शर्मा,पार्टीका केन्द्रिय रामबचन यादव,लागयतले शुभकाना व्यक्त गरेका थिए ।

थप समाचार

ताजा खबर