27.6 C
Parāsi
Friday, April 18, 2025
spot_img

नवलपरासीका ग्याँस उद्योगहरुमा अनुगमन।

परासी २९ फागुन।
पश्चिम नवलपरासीमा ग्याँस उद्योगमा अनुगमन गरिएको छ ।संयुक्त जिल्ला बजार अनुगमन समितिले रामग्राम नगरपालिका क्षेत्रका रहेका ग्याँस उद्योग अनुगमन गरेकाे हाे । रामग्राम नगरपालिकाकाे वडा नं१० र १५ मा रहेका ग्याँस उद्योगमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषाेत्तम पाैडेलले जानकारी दिए ।बजारमा ग्याँसकाे अभाव भएकाे जनगुनासाे आएपछि दुई वटा ग्याँस उद्योगमा अनुगमन गरिएकाे पाैडेलले बताए । अनुगमनमा क्रममा ग्याँस के कति स्टक रहेकाे र ग्याँसकाे ताैल कम रहेकाे नरहेको नापजाँच गरिएकाे जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत अर्जुन रेग्मीले बताए ।उनकाे अनुसार ग्याँसकाे ताैल नापजाँच गर्दा ताैल कम नरहेकाे र जति हुनुपर्ने ताैल रहेकाे भेटिएकाे तथा स्टक नरहेकाे पाईएकाे जानकारी दिए । आरती ग्याँस उद्योग प्रालि र सगरमाथा ग्याँस उद्योग प्रालिमा र रेष्टुरेन्टमा अनुगमन गरिएको अनुगमन समितिले जनाएकाे छ ।

अनुगमन समितीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन रेग्मी घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरूषाेत्तम पाैडेल उपभोक्ता हित संरक्षण मञ्च जिल्ला उपाध्यक्ष भाेजराज बराकाेटी ,घरेलु तथा साना उद्योग कार्यालयका मनाेज चाैधरी पत्रकार लगायतकाे सभागिता रहेकाे थियोे ।

थप समाचार

ताजा खबर