नवलपरासी आर्यूेवेद स्वास्थ्य कार्यालयको आयोजनामा सरावल गाउपालिकाको सभाहलमा २ दिने “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम“ सम्पन्न भएको छ । नवलपरासी आर्यूेवेद स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डा अर्चना शूक्लाको अध्क्षतामा भएको कार्यक्रममा १०३ जना बिरामीहरुले नसर्ने रोगको उपचार सेवा लिएका थिए । उक्त कार्यक्रममा बिरामीहरु ब्लडपे्रसर र सुगर रोगको जाच गरीएको थियो । जसमा सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, कर्मचारीहरु ,महिला स्वयम सेवक,शिक्षक लगायतको उपस्थिती रहेको थियो ।
अस्वस्थकर खानपिन तथा विलाशिता जविनशैली, तथा अव्यवस्थित शहरीकरणको कारण सर्ने तथा नसर्ने रोगको साथै सडक दुर्घटना र मानसिक स्वास्थ्य समस्याको प्रकोपदर बढ्दै गएको वर्तमान अवस्थामा जनसमुदायमा सोको प्रभाव न्युनिकरण गर्न साथै प्रभावकारी कार्यक्रम सञ्चालन गरी स्वस्थकर बानी व्यहोराको विकासको गर्न व्यहार परिवर्तनका लागि अभिप्रेरित गरि बढदै गएको रोगको प्रकोप दरमा कमि ल्याउन आर्थिक वर्ष २०८१।८२ मा स्विकृत भएको “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम“ सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम“. जारी गरेको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम“. बढ्दो नसर्ने रोगविरूद्ध लड्न विशेष रणनीतिसहित नयाँ कार्ययोजना लागू गरेको छ। पछिल्लो समयमा सर्नेखालका रोग घटिरहँदा नसर्ने रोग बढ्दै गएको छ। नसर्ने रोग बढे पनि अधिकांश स्वास्थ्य कार्यक्रम सर्ने रोगविरूद्ध लक्षित रहेको बेला मन्त्रालय नयाँ चुनौतीको सामना गर्ने योजना बनाइ कार्यक्रम लागु गरेकोेछ ।
नसर्ने रोगमा मुटु, क्यान्सर, मधुमेह र श्वासप्रश्वाससम्बन्धी प्रमुख छन्। नशा, उच्चरक्तचाप, मानसिक, दुर्घटना र दाँत तथा मुखसम्बन्धी रोग पनि नसर्नेमा पर्छन्। केही वर्षअघिसम्म नेपालमा झाडापाखाला, इन्सेफ्लाइटिस, औलो, हैंजाजस्ता रोगबाट हुने मृत्यु बढी थियो।
पछिल्ला दिनमा रोग बढे पनि सो आधारमा उपचार दायारा बढ्न सकेको छैन। तुलनात्मक रुपमा नसर्ने रोगको उपचार महंगो हुने र उपचार सेवा बिस्तार गर्न पनि धेरै खर्च लाग्ने भएकोले नीतिले रोकथाम एवं उपचारका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने बृहत पाटोमा समेत स्थानिय तथा प्रदेश सरकार लागी परेको छ। ’नसर्ने रोग बढ्नु भनेको उपचार, रोकथाम र नियन्त्रण सबै हिसाबले राज्य र जनताको खर्च भार बढ्नु हो,’ यस्तो रोग नियन्त्रणमा राज्यकै अग्रसरता जरुरी छ।’