13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

स्थायी बन्ध्याकरण शिबिरमा तीन सय ८४ जनाले लिए सेवा।

पश्चिम नवलपरासीमा परिवार नियोजनको स्थायी बन्ध्यकारण शिबिरमा तीन सय ८४ जना बन्ध्याकारण सेवा लिएका छन । स्वास्थ्य कार्यालय परासी र सुनौलो परिवार मेरी स्टोप्सको प्रबिधिक सहयोगमा संचालित शिब्रिमा सन्तानको रहरपुगेका तीन सय ८४ जना बन्ध्याकारण सेवा लिएका हुन । स्वास्थ्य कार्यालय परासीले मंसिर १६ गतेदेखी पुस १५ गतेसम्म एक महिने अभियानमा जिल्लाको सात वटै पालिकामा परिवार नियोजनको स्थायी बन्ध्याकारण शिविरमा उक्त सेवा लिएको स्वास्थ्य कार्यालय परासीका परिवार नियोजन निरीक्षक निरज रानाले जानकारी दिए । उनको अनुसार सबैभन्दा धेरै सुस्ता र सरावल गाउँपालिकामा परिवार नियोजनको स्थायी बन्ध्यकारण गराएको बताए । जसमा सुस्ता ७४ जना सरावलमा ७४ जना र त्यस्तै प्रतापपुरमा ६८,जना रामग्राम नगरपालिकामा ६५ जना पाल्हीन्नदन ४६ जना ,बर्दघाट नगरपालिकामा ३३ जना र सुनवल नगरपालिकामा २४ जना शिबिरमा बन्ध्यकारण सेवा लिएका छन । सुनवल नगरपालिकामा २ जना पुरुष ,रामग्राम १ र बर्दघाट नगरपालिकामा १ जना पुरुष स्थायी बन्ध्याकरण सेवा लिएको परिवार नियोजन निरीक्षक रानाले बताए । उनको अनुसार जिल्लामा गतबर्षको तुलनामा यसबर्ष स्थायी बन्ध्याकरण गराउने सख्यमा कमी आएको बताए । गतबर्ष आर्थिक बर्ष २०८०।०८१मा जिल्लामा चार सय २ जना जसमा पुरुष ६जना स्थायी बन्ध्याकरण सेवा लिएकोमा यसबर्षमा २०८१।०८२मा तीन सय ८४ जना सेवा लिएको स्वास्थ्य कार्यालय परासीले जानएको छ । 

थप समाचार

ताजा खबर