डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले १००औं जन्मजयन्तीका अवसरमा यहि मंसिर २ गते आइतवार एक विशेष समारोहमा पाल्ही बहुमुखी क्याम्पसका ६ जना बिधार्थीलाई ६ हजारका दरले ३६००० छात्रवृत्ति प्रदान गरेको छ।
सोही अवसरमा रमादेवी पन्त सामाजिक सम्मान गृह श्रमिक महिला ढाका उद्यमी समाजका अध्यक्ष प्रेमकुमारी राईलाई प्रदान गरिएको छ । पूर्वअर्थ तथा जलस्रोतमन्त्री डा. यादवप्रसाद पन्तको १००औं जन्मजयन्तीका अवसरमा पूर्वमन्त्री बालाराम घर्तिमगरलाई अभिनन्दनसमेत गरिएको थियो । घर्तिमगरले स्व. पन्तलाई स्मरण गर्दै उनी अत्यन्तै मिलनसार र देशप्रेमको भावनाले ओतप्रोत व्यक्ति रहेको बताए । उनले त्यसकारण उनलाई नेपालीले बिर्सन नसकेको घर्तिमगरको भनाइ छ ।
डा. यादवप्रसाद पन्त पत्रकारिता पुरस्कारबाट न्यू बिजनेश एज तथा आर्थिक अभियान दैनिकका प्रधानसम्पादक मदन लम्साल सम्मानित भएका छन् ।
आर्थिक क्षेत्रमा अतुलतीय योगदान गरेको भन्दै लम्साललाई कदरपत्रले सम्मान गरेको हो ।
मुलुकको पहिलो विद्यावारिधि उपाधि हासिल गरेका अर्थ तथा जलस्रोतमन्त्री एवं सचिव रहेर देशको सेवा गर्नुभएका डा पन्तको स्मृतिमा स्थापना भएको ‘यादवप्रसाद पन्त’ अनुसन्धान तथा विकास प्रतिष्ठानले नेपाल सांस्कृतिक सङ्घ, कालिकास्थानमा कार्यक्रम गरेर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नुभएका महानुभावहरुलाई अभिनन्दन एवं सम्मान गरेको थियो।
डा यादवप्रसाद पन्त ९१९८२÷२०६४० को स्मृतिका २०६४ सालमा प्रतिष्ठान स्थापना भएको हो ।सोही अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको सम्झनामा डा. यादवप्रसाद पन्त पुस्तकको लोकार्पण लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतले गरे ।
रेग्मीले डा. यादवप्रसाद पन्तले सामाजिक, आर्थिक क्षेत्रमा पुर्याएको योगदानको चर्चासमेत गरे । पन्तले नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै लोकसेवा आयोगका अध्यक्ष रेग्मीले उनी सामान्य अर्थशास्त्री मात्र नभएर सफल कूटनीतिज्ञसमेत भएको बताए ।
नेपालको योजनाकार र अर्थशास्त्री स्व. पन्तले बनारस हिन्दु विश्वविद्यालयबाट सन् १९५२ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । त्यसलगत्तै केही समय उनले त्रिचन्द्र कलेजमा अर्थशास्त्र पढाए । त्यसपछि उनले नेपाल सरकारको अर्थ सल्लाहकार र अर्थसचिवको जिम्मेवारी पनि सम्हालेका थिए । उनले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
उनले २०१५–२०२६ सालसम्म गर्भनरका रूपमा काम गरेका थिए । त्यसपछि उनी जापानको राजदूत नियुक्त भए । त्यतिबेला उनको पहलमा नेपालले आर्थिक सहयोग पाएको थियो । त्यसपछि उनले अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरियाको राजदूतको जिम्मेवारी पाएका थिए थियो।नवलपरासी जिल्लामा पनि उहाको ठुलाे योगदान रहेको छ ।