26.3 C
Parāsi
Monday, November 11, 2024
spot_img

जसपा नेपाल नवलपरासीले रामग्राममा बुझायो ज्ञापनपत्र ।

जनता समाजवादी पार्टी नेपाल नवलपरासीले रामग्राम नगरपालिकाको नगरउपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । धनपत यादवले एकलौटी ढंगले काम गर्ने गरेको, ठिक तरीकाले काम नगरेको भन्दै नगर उपप्रमुख सम्झना चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।
हिजो आइतबार जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले रामग्राम नगरपालिकाका नगर प्रमुख ध्यानाकर्षण पत्र बाचन गरेर सुनाउदै उपप्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । नगरको विकास गर्न नसकेको विभिन्न संस्थागत काम कारबाही क्रियाकलापमा भ्रष्टाचार बडेको भन्दै जनता समाजवादी पार्टी नेपाल नवलपरासीले ध्यानाकर्षण गराएको छ ।
किसान, व्यापारीबाट चर्को कर असुल्ने काम भइरहेको ,किसान ,व्यापारी, विद्यार्थी मर्कामा परेको हुँदा तत्काल करहरू मिनाहा गर्न जसपा नेपालले रामग्राम नगरपालिकासँग माग गरेको छ । ती मागहरू तत्काल सम्बोधन गर्न र माग पुरा नभए अझ कडा किसीमको आन्दोलन गर्ने उहाको भनाइ छ। ज्ञापनपत्रमा १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको हो ।
जसमा जनसहभागिता मूलक योजना सम्झौता गरी कार्यान्वयन गर्ने, किसानको सम्पूर्ण कर माफ गर्ने जस्तै कृषि, मिटर जडान, भूमि ,कर लगायत किसानसँग सम्बन्धित सबै प्रकारको कर मिना गर्ने, आफ्नो निजी जग्गाबाट माटो उत्खनन गर्दा लाग्ने कर मिना गर्ने , विद्यार्थीको सिफारिसमा लाग्ने कर मिना गर्ने जातीय प्रमाणित सिफारिस कर्मिना गर्ने व्यापारीहरूलाई लाग्ने दोहोरो कर माफ गर्न तथा पाँच लाख भन्दा बढीको व्यावसायिक कर मिना गर्न किसान पेन्सन लागू गर्ने, आन्तरिक स्रोतबाट जनप्रतिनिधिले सेवा सुविधा लिन नपाइने अन्य स्रोतबाट लिन व्यवस्था मिलाउन कपाली तमसुकमा दुइसय भन्दा बढी कर लिन गरेको सुधार गर्न, किसानको सिँचाइ बिउबिजन ,मलखाद कृषि मिटर, कृषि विद्युतीकरणमा बढी ध्यान आकर्षण गर्न बसपार्क तत्काल सञ्चालन गर्न लगायतका मागहरू तत्काल कार्यान्वयन गर्न माग सहित ज्ञापनपत्र बुझाइएको जसपा नेपालका जिल्ला अध्यक्ष यादवले बताउनुभयो।

थप समाचार

ताजा खबर