26.4 C
Parāsi
Saturday, March 15, 2025
spot_img

उपचारका लागि सहयोगको याचना

परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– २ बस्ने मोहन हरिजनको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ । विगत लामो समयदेखि बिरामी भई उपचार गराउँदा गराउँदै आर्थिक रकम अभाव भएकाले परिवारजनले सहयोगको आग्रह गरेको हो । पाल्हीनन्दन घर भई हाल रामग्राम नगरपालिका–१ गंगापथमा बसेर मजदुरी गर्दै आएका मनोजको हाल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सुगर र प्रेसरका कारण आँखाको ज्योति आंशिक गुमाउनु भएका मनोजलाई अहिले टाउकोमा समस्या देखिएको मनोजकी श्रीमती लक्ष्मी हरिजनले बताउनुभयो । टाउकोमा रगत जमेको र अप्रेसन गराउन काठमाण्डौं लैजान चिकित्सकहरुले सुझाव दिएका छन् । रकम अभावका कारण काठमाण्डौं लैजान नसकिएको भन्दै लक्ष्मीले आफ्ना श्रीमानको ज्यान बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको हो । उपचारका लागि अहिलेसम्म २ लाखबढी खर्च भएको लक्ष्मीले बताउनुभयो । ‘आँखाको बिरामी भई अप्रेसन गराउँदा विभिन्न संघसंस्थाहरु र सहयोगीहरुले रकम सहयोग गर्नुभएको थियो । अहिले फेरि टाउकोमा समस्या देखिएको छ । पैसा छैन, आर्थिक सहयोग गरेर अप्रेसन गराउन सके श्रीमानलाई बचाउन सक्थे ।’ लक्ष्मीले दुःखेसो पोख्नु भयो । लक्ष्मीका ८ वर्षीया छोरी र ७ वर्षिय छोरा छन् । श्रीमान बिरामीहुँदा छोरा छोरीको पठन पाठनमा समेत समस्या भएको लक्ष्मीले दुःखेसो गर्नुभयो । आर्थिक सहयोग गर्न चाहाने सहयोगीदाताहरुलाई लक्ष्मी हरिजनको नाउँमा नेपाल राष्ट्र बैंक पाल्हीनन्दन शाखामा रहेको बचत खाता नम्बर २४८०११०७६६०८५१०००००१ मा रकम जम्मा गर्न परिवारजनले आग्रह गरेको छ । 

थप समाचार

ताजा खबर