रामग्राम नगरपालिकाले चालू आर्थीक वर्ष २०८०÷८१को दोस्रो चौमासिक अवधीको विकाश निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई आज सम्पन्न गरेको छ , रामग्राम नगरपालिकाको वडा नं. १ वडा कार्यालय परिसरमा रहेको बगैचामा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा एक जना वडा अध्यक्षको मात्रै उपस्थिती देखीएको थियो ।
सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार÷चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित जनप्रतीनीधीको उपस्थिती रहनूपर्ने थियो, सार्वजनिक सुनुवाइ सेवाग्राहीमाझ १८ वटा वडा अध्यक्ष मध्य रामग्राम नगरपलिका वडा नं. १ का वडाध्यक्ष रुद्रप्रकास उपाध्याय मात्रै उपस्थित थिए । पारदर्शिता र सुशासन कायम गर्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,नगरप्रमुख,उप–प्रमुख, सम्पूर्ण वडाध्यक्षहरु ,सदस्यहरु,कर्मचारीहरुको उपस्थितीमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।
स्थानीय निकाय र अन्य सरकारी कार्यालयहरू सेवाग्राहीसँग सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोजना हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनीधीनै उपस्थित नहूदा प्रभावहीन बन्ने गरेको छ । जनप्रतिनिधिले उपस्थितिको लागि चासो नदिएपछी सेवाग्राही प्रश्नगर्ने अधिकार बाट बन्चित भएका छन् ।
वडाअध्यक्षको उपस्थिती देखीएननी मेयरसाब, भन्ने प्रश्नमा नगरप्रमूख धनपत यादवले हामीले सार्बजनिक रुपमा सूचना जारीगरेको हो, तपाइनै वडाध्यक्षहरुलाइ सोध्नूहोस किन आएनन् भन्दै प्रतिप्रश्न गरेका थिए।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, मल, विउविजन, सडक निर्माण, डुबानको समस्या, कृषि परिचय पत्र, बजार अनुगमन सम्बन्धमा प्रश्नहरु आएका थिए ।
कार्यक्रममा नगरप्रमुख धनपत यादव, नगरउपप्रमुख संझना चौधरी, वडा नं. १ का वडाध्यक्ष रुद्रप्रकास उपाध्याय, आर्थिक प्रशासन शाखा प्रमुख कुन्दन चौधरी, कृषि शाखा प्रमुख किरण गुप्ता लगायतले नगरवासीले उठाएका विषयमा जवाफ दिएका थिए ।