40 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

पशुपालक किसानलाई च्यापकटर वितरण ।

२७ बैशाख । पशुपालनमा सहयोग पुगोस भन्ने उदेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम नवलपरासीको आयोजनामा रु छ लाख रकमको विभिन्न सामाग्री हन्तान्तरण गरिएको छ। आवश्यकतामा आधारीत कृषि पशुपन्छी विकास कार्यक्रम अन्तर्गत आज परासीमा निशुल्क रुपमा विभिन्न सामाग्री हन्तान्तरण गरिएको हो । जिल्लाको रामग्राम,सुनवल नगरपालिका र पाल्हीनन्दन गाउपालिका अन्र्तगतका का १५ जना पशुपालन किसानहरुलाई कार्यालयले पशुपालनमा सहयोग पुगोस भन्ने उदेश्यले १४ थान मोटर सहित च्याप कटर र एक जना किसानलाई मोटर सहितको डेलीभर पाईप र सिमर शिबल वितरण गरिएको हो । किसानहरुलाई सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै लुम्बिनी प्रदेश अन्तर्गत पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक प्रबेश सिंह कुवरले निशुल्क रुपमा प्राप्त गरिएको सामाग्रीलाई दुरुपयोग नगर्न आग्रह गर्नुभयो । सो क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम , नवलपरासी कार्यालय प्रमुख श्रवण कुमार चौधरीले किसानहरुलाई प्राप्त गर्ने समाग्रीले पशुपालन कार्यमा सहयोग पुग्ने विस्वास लिईएको बताउनुभयो । कार्यालय परिसरमा आयोजीत सामाग्री हन्तान्तरण कार्यक्रमको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम , नवलपरासी शुरेस प्रसाद मिश्राले संचालन गर्नुभएको थियो ।

थप समाचार

ताजा खबर