35.6 C
Parāsi
Saturday, July 4, 2026
spot_img

नवलपरासीमा १० जनामा औलो रोगको संक्रमण देखिएको छ ।

 

वलपरासीमा चैत मसान्तसम्म १० जनामा औलो रोगको संक्रमण देखिएको छ ।
गत बर्षको तुलनामा यस वर्ष औलोका बिमारी बढेका हुन गत बर्ष ९ जनामा औंलो रोग लागेकोमा चालु आर्थिक बर्षको चैत मसान्तसम्म १० जनामा औंलो रोगका बिरामी फेला परेका हुन्।
स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया ईस्पेन्टर देवीलाल पौडेलका अनुसार यस बर्षको चैत मसान्त सम्म सुनवल नगरपालिकामा ६जनामा, प्रतापपुर गाउपालिकामा १ जनामा, पाल्हीनन्दन गाउपालिकामा १ जनामा, रामग्राम नगरपालिकामा २ जनामा, बर्दघाट, सुस्ता र सरावलमा भने औंलो रोगका बिरामी भेटीएका छैनन् ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरू मध्ये रुकुम पूर्व बाहेक अरू ११ वटा जिल्लामा औलोका बिरामी फेला परेका छन् ।
विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलोविरुद्धको लडाइलाइ तिब्रता दिऔ,समतामूलक पहूचको सिर्जना गरौ” भन्ने नाराका साथ अभियान चलाएको छ ।

थप समाचार

ताजा खबर