24 C
Parāsi
Saturday, May 2, 2026
spot_img

बर्दघाट १२ भटौलियामा अबको दुई महिनामा भित्रै कजरिया रमेश टाइल्स उत्पादन शुरु हुदै ।

कजरिया टाईल्सले अबको दुई महिनामा टायल उत्पादन शुरु गर्ने भएको छ ।

आईतवारबाट पहिलो ‘एक्सपेरीयन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको कजरियाले आगामी दुई महिना भित्रमा नेपालमा टायल उद्योग सञ्चालनमा ल्याउने भएको हो ।

कजरिया रमेश टाइल्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालमा टायल उत्पादन शुरु गर्न लागेको र अबको दुई महिना भित्रमा उद्योग सञ्चालनमा आउने बताए।

उनले नवलपरासीको बर्दघाटमा उद्योग सञ्चालन गरी उत्पादन थाल्ने जानकारी गराए । अग्रवालले अहिलेको एक्सपेरियन्स सेन्टरको उद्घाटन उपभोक्तामाझ नजिक हुने माध्यम रहेको बताए।

उनले उद्योगमा २४० करोड रुपैयाँ लगानी गरेको जनाए। उनले भने, “हामी नेपालमा टायल उत्पादन शुरु गर्दैछौँ, अबको दुई महिनामा हाम्रो नवलपरासीको बर्दघाटमा शुरु हुँदैछ । अहिलेको आर्थिक मन्दीमा लगानी गर्न धेरै नै गाह्रो छ । २४० करोड रुपैयाँ लगानीमा नेपालमा यो शुरु गरिरहेका छौँ ।”

अग्रवालले आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्ने बताए।

उनले नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको बताए।

थप समाचार

ताजा खबर