
रामग्राम नगरपालिका वडा नं ४ सुर्यपुरामा रहेको हिलेरियस चिल्ड्रेन एकेडेमीले हिजो एक कार्यक्रम गरीे १९ ओैं वार्षिकोत्सब मनाएको छ । उक्त अवसरमा विद्यार्थीहरूले बिज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका थिए । बजार क्षेत्र बाट १ किलोमीटर दक्षिणमा अवस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी कक्षा ८ र एस इ इ मा नगर क्षेत्रमै उत्कृष्ट नतिजा दिन सफल भएको थियो । यस एकेडेमीको वार्षिकोत्सब कार्यक्रममा स्कुलका व्यवस्थापन समिति सदस्य रमेश कुर्मीको अध्यक्षतामा प्रदेश सभा सदस्य बैजनाथ कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ शिक्षकहरु देवेन्द्र कुमार सिंह,कैलाश ठाकुर,केदारनाथ गुप्तालाई सम्मान पत्र सहित र स्कुलको नाम चिनाउने विद्यार्थीहरुलाई सम्मान गरिएको भाइस प्रिन्सिपल सुरज ठाकुरले जानकारी दिनुभयो ।
कक्षा ८,९ र १०मा अध्यनरत जेहेन्दार ए+ ल्याउने विद्यार्थीलाई जेके स्कलर शिप समेत प्रदान गर्दै आएको स्कुलका प्रिन्सिपल जनार्दन ठाकुरले बताउनुभयो । साथै विद्यार्थीहरूले आफै बनाएको बिज्ञानको प्रदर्शनी समेत गरेका थिए । कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव लगायत बिद्यार्थी र अभिभावक लगायतको उपस्थिति रहेको थियो । 

