22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

पाल्ही बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनका लागी अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी

२०४६ साल वैशाख १२ गते त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ,पाल्ही बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनका लागी अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा वर्तमान अध्यक्ष समेत रहेका राधेश्याम पाठक र क्याम्पस सभाका सदस्य रहेका घुरहु यादव प्रतिशप्रधी रहेका छन् । पाल्ही क्याम्पस सभामा ४ सय ८७ जना सदस्य रहेका छन् । यसैगरी लेखा समिति संयोजकमा रिंगला यादव र रवि पाण्डेले लेखा समितिमा उम्मेदवारी दिएका छन् । कार्यसमितिको बाँकी पद भने अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ ।
यसैगरी एक महिला सदस्यमा लक्ष्मी पौडेल र दुई जना संरक्षकमा श्याम अग्रवाल र नगेन्द्र अग्रहरी सदस्य सर्वसम्मत भएका छन् । निर्वाचन प्रकृया भोली बिहान १० बजे बाट ४ बजेसम्म आर्दश नमुना मावि रामग्राम ५ परासीमा हुनेछ । यस क्याम्पसमा हाल ४९७ जना विद्यार्थी अध्ययनरत छन् भने १८ जना प्राध्यापक र ६ जना कर्मचारी सहित जम्मा २४ जना प्राध्यापक कर्मचारीहरु सेवारत रहेका छन् । ७–८–१५ विगहा जग्गामा अवस्थित यो क्याम्पस शान्त र प्राकृतिक रमणीय वातावरणँमा संचालीत छ। क्याम्पस क्यु ए ए काृे प्रकृयामा रहेको र यस क्याम्पसले यस यस आर बुझाइसकेको छ ।

थप समाचार

ताजा खबर