22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने।

परासी बाईपासमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला २०८०, संचालन हुने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी मेला आज पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले मेला मुल कृषि पर्यटन उद्योग व्यपार प्रबद्रधनलाई प्रथामिकता राखी मेला आयोजना गरिएको बताए । उनले अहिले आर्थिक बन्दी रहेकोले व्यापार व्यवसाय चालयमान बनाउने मूल उद्देश्य रहेको बताए । यस क्षेत्रको विकासको लागि यो व्यापार मैलाको ठूलो योगदान पुग्ने अध्यक्ष अग्रहरीको भनाइ थियो ।
रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्रधनका लागि गोष्ठी, सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष अग्रहरीले जानकारी गराए । धार्मिक, पर्यटकीय स्थलको चनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिने संघका उपाध्यक्ष गिरीराज पाण्डेयले बताएका थिए ।
जिल्लामा अवस्थित ठुला मझौला साना तथा राष्ट्रिय स्तरका उत्पादनहरूको निर्यात प्रबद्रधन जोड दिदै बजार प्रबद्रधन नयाँ सम्भावना खोजि सन्दर्भिक गोष्ठी आर्थिक औद्योगिक कृषि पर्यटन सम्बन्धि सम्बन्धि अन्तक्रिया र कार्शाला गर्ने धार्मिक तथा पर्यटकीय स्थालहरूको व्यापक प्रचारप्रसार गर्नें उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष केशव भण्डारीले बताएका थिए । मेलामा विविध प्रकारका १५० व्यवसायिक स्टलहरू रहने सड्घका कोषाध्यक्ष भोला पराजुलीले जानकारी दिएका थिए । उनका अनुसार
मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको तथा करीब पाँच करोड १० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलालाई भव्य र सभ्य रुपमा समपन्न गर्न विभिन्न समिति र अनुसार संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको संयोजकत्वमा मूल आयोजक समिति, पदाधिकारी सम्मलित नियमन समिति, स्टेरिड समिति,सललाहकार समिति तथा विभिन्न विषयगत २५ वटा उपसमितिहरु निर्माण गरी तयारी थालिएको संघका सल्लाहकार श्याम कुमार बस्यालले जानकारी गराएका थिए । मेला अवलोकन आउने बिद्यार्थीको हकमा स्कुलको लेटर प्याड समूह बनाई आउनेलाई टिकट रु.५०, एक्लै बिद्यार्थी आउने स्कुलको कार्डको आधारमा ७० रूपैयाँ र अन्य दर्शकहरुलाई १०० रूपैयाँ टिकट तोकिएको संघले जनाएको छ ।

थप समाचार

ताजा खबर