अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवश पारेर नवलपरासी आर्युर्वेद स्वास्थ्य केन्द« द्वा
रा जेष्ठ नागरिकका लागी स्वास्थ्य प्रवधन सेवा कार्यक्रम आज सम्पन्न भएको छ ।
सूनवल–८ बैरागनाथ शिवमन्दिरमा कूल १०५ जना जेष्ठ नागरिकलाई चेक जाचगर्दा हात खूट्टा जोर्नी दूख्ने ,दम,खोकी,एलर्जी,सूगर,प्रेशर,ग्यास्ष्ट्रिक र पिसाब सम्बन्धि समस्या बढी रहेको नवलपरासी आर्युर्वेद स्वास्थ्य केन्द« प्रमूख डाक्टर अर्चना शुक्लाले बताउनूभयो ।
उक्त कार्यक्रमकमा जेष्ठ नागरिकलाइ शक्तिवर्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको छ । यी औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, कमजोरी हुने, निद्रा लाग्ने जस्ता समस्यालाई समाधान गर्ने शुक्लाले बताउनूभयो ।
कार्यक्रम सुनवल–८ का वडा अध्यक्ष देव बहादूर गूरूङको प्रमूख आतीत्यथा तथा आर्युर्वेद स्वास्थ्य केन्द« प्रमूख डाक्टर अर्चना शुक्लाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

