नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नम्बर -७ उजैनी बस्ने बर्ष ३५ का जय प्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडिको बिजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेन्ट लागेपछि घाइते भएका उनको उपचारको क्रममा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक यादव सिद्धार्थ बैंक परासी शाखा
मा कार्यरत थिए ।

