22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

नवलपरासीको तीन वटा चर्चमा तोडफोड

नवलपरासी १४ भदौं
हिजो पश्चिम नवलपरासीको तीन वटा चर्चमा तोडफोड भएको छ ।

भाद्र १३ गते बुधबारका दिन नवलपरासी हिन्दु समाजले बिरोध ¥याली कार्यक्रमको आयोजना गरेको थियो । नगर परिक्रमा कार्यक्रमको क्रममा बिभिन्न चर्चहरुमा तोडफोड भएको छ । सो तोडफोड कसले ग¥यो भन्ने विषयमा अफूहरु जानकार नभएको आयोजकको भनाइ छ ।
उक्त दिन वैदिक सनातन धर्मको रक्षाका लागि राष्ट्रिय जनावर गौ हत्या गरी कानुन तथा समस्त हिन्दुहरुको आस्थालाई चुनौती दिने हत्याराहरुलाई अविलम्ब कार्यवाही होस भन्दै दबाव बिरोधका लागि नवलपरासी हिन्दु समाजले परासीमा बृहत विरोध र्याली गरेको थियो ।
हिन्दु समाजकै कार्यक्रम हुदा चर्च तोडफोड भएको साक्क्षी चर्चका सन्दिप बर्माको भनाई छ ।
उनका अनुसार हामीहरु कुनै धार्मीक आस्थालाई नराम्रो भनेको छैन तर पनि हाम्रो कृष्चियन धार्मिक आस्था माथि हिन्दु समाजले यसरी तोडफोड गर्दा प्रहरी सुरक्षा गरेन ।बुधवार हिन्दु समाजले गौ हत्यारालाई कारवाही गर भन्दै कानुन मिच्न पाईंदैन धार्मिक सहिष्णुता कायम गर जस्ता नारा लगाउँदै जितपुर अराधना मण्डली, मन्झरीयाको साक्क्षी चर्च, पोखरापाली ग्लोरी चर्चलाई तोडफोड गरी क्षति पु¥याएको छ , मोटरसाइकल तोडफोड भएको छ । कृष्चियनहरुको आस्थालाई तोडफोड तथा अपमान गर्नेलाई सरकारले कडा भन्दा कडा कारवाही गर्नु पर्छ उनले भनेका छन ।सरकारको लचारीपनका कारण दिन प्रतिदिन आफुहरु असुरक्षीत महसुस गरेको उनको भनाइ छ ।

चर्च तोडफोड गर्ने कार्यमा सहभागि हुनेहरुलाई खोजी कार्य भईरहेछ तीनीहरुलाई छिटै कार्यवाही हुन्छ नवलपरासी प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्यालको भनाइ छ ।

थप समाचार

ताजा खबर