22.1 C
Parāsi
Saturday, May 2, 2026
spot_img

नवलपरासीमा ब्यापक माहामारीको रुपमा फैलिदै लम्पी स्किन रोग ।

 परासी,साउन ५ । नवलपरासीमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिगत केहीदिनदेखि स्थानीय किसानहरुले पालेका गाई,भैसीमा लम्पी स्किन नामक रोगको संक्रमण देखा पर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीकोे सहयोगमा पशुलाई रोगबाट बचाउनका लागि ७ पालिका अन्तर्गतका वडामा शिविरको आयोजना गरि पहिलो पटक निशुल्क रुपमा खोप लगाउन थालेको छ ।
लम्पी स्किन रोग विरुद्धकोे खोप सङ्क्रमित पशुको लागि नभएकोले शिविरमा ल्याइएका पशुहरु मध्ये संक्रमित नभएको पशुलाई मात्र संक्रमित हुनबाट बचाउनका लागि लगाउने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख बरीष्ठ मत्स्य विकास अधिकृत श्रावण कुमार चौधरीले बताए ।

उनका अनुसार जिल्लामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । यसको संक्रमणबाट ६वटा पशु मरिसकेका छन् ।

लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ । उनको अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन समेत हुनसक्ने सम्भावना रहन्छ ।

जिल्लामा अहीले सम्म २९७ गाइ÷गोरु र ६ वटा भैसीमा लम्पी स्किन रोगको संक्रमण देखा परेको र सङ्क्रमित पशुको उपचार ११ प्रकारका औषधि बाट भैरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख श्रावण कुमार चौधरीको भनाइ छ ।

हाल बढीमात्रामा रामग्राम १५ सुक्रौली र घिनाहा ,नदवाका किसानहरु यस रोगबाट आर्थीक रुपमा नोक्सान भोगेका छन । ठुलोसङ्ख्यामा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन ्।

लम्पी स्किन कस्तो रोग हो?
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।

“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्।”

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।

त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

मान्छेमा सर्छ कि सर्दैन?
पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन।

यसको उपचार के हो?
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

“यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन ।
भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ।

“एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाईभैँसीलाई फेरि लाग्दैन,”

सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ?
हालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला त्यसबाट सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएको थियो।

तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका थिए।

पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृतका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन , मज्जाले उमालेर खान सकिन्छ।”

 

नियन्त्रणका लागि के गरिँदै छ?
लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी अगाडि बढिरहेको अधिकारीहरू बताउँछन्।

“नमुना सङ्कलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तह मिलेर गरिरहेको र घाउ निको पार्न एन्टिबायोटिक औषधि दिने लगायतका ’जेनरल लाइन अफ ट्रीटमन्ट’को प्रोटोकल बनाएर काम गर्न लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका भेटेरिनरी अधिकृत सुरेश प्रसाद मिश्रले बताए ।

नवलपरासीमा ब्यापक माहामारीको रुपमा फैलिदै लम्पी स्किन रोग ।

थप समाचार

ताजा खबर