22.1 C
Parāsi
Saturday, May 2, 2026
spot_img

नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ओमप्रकाश अग्रहरी

 

नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौँ अधिवेशनबाट अध्यक्ष पदमा उद्योगी ओमप्रकाश अग्रहरी निर्विरोध निर्वाचित हुनुभएको छ।
प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता धन शर्मा जैसीले संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
संघको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र अग्रहरी, उद्योग उपाध्यक्षमा गिरीराज पाण्डे, वाणिज्य उपाध्यक्षमा राजेश कुमार गुप्त, महासचिवमा तारा आचार्य, सचिवमा रामकुमार गुप्ता,कोषाध्यक्षमा भोला पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै कार्यकारी सदस्यमा सन्दिप स्वर्णकार, बालकिशुन गुप्ता, किशुनाथ बानिया, चन्द्रप्रकाश गुप्ता, गणेश अग्रहरी, सुनिल कसौधन, सत्रुधन प्रसाद ढकाल, राजु देवान, क्षेत्र नं. १ सदस्य दुरपति चौधरी, क्षेत्र नं. २ सदस्य केशव चापागाई, क्षेत्र नं. ३ क्षेत्रीय सदस्य लिलाधर चापागाई र क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा रामकुण्डल यादव निर्वाचित हुनुभएको छ ।
यस्तै संघको लेखा समिति संयोजकमा अर्जुन बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भणडारी, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले प्रमाण पत्र बितरण गर्नृभएको  थियो ।

थप समाचार

ताजा खबर