
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरपालिकाले बह्रौ नगरसभाबाट आर्थिक बर्ष २०८०।८१को लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको हो । रामग्राम नगरपालिकाका नगप्रमुख धनपत यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने रामग्राम नगरपालिका नगरउप्रमुख सम्झना चौधरीले बजेट प्रस्तुत गरेकी थिइन नीति तथा कार्यक्रम बाट सोलारबाट एक मेघावट बिद्युत उत्पादन गर्ने ,नगरपालिकाको पचास प्रतिशत तथा वैकल्पिक उर्जा प्रबर्दन केन्द्र प्रतिशत गरी प्लान्ट निमार्ण गरिने त्यसकोलागि आठ करोड लाग्ने र बार्षिक एक करोड आम्दानी हुने अनुमान गरिएको र चार वटा बिद्यालयलाई नमूना बिद्यालयको रुपमा अगाडी बढाउने यादवले जानकारी दिए । रामग्राम नगरपालिकाकी नगरउप्रमुख सम्झना चौधरीले बजेट प्रस्तुत गदै आर्थिक बर्ष २०८०।८१को लागि कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजार बजेट सार्वजनिक गरेकी थिईन ।
चालु तर्फ ४३ करोड ३५ लाख ६२हजार तथा पुँजीगत तर्फ ७३ करारेठ ८३ लाख २६ हजार बजेट बिनयोजन गरिएको नगरउप्रमुख चौधरीले बताईन । त्यस्तै नगरपालिकाको संयीय सरकारबाट ६७ करोड ५९ लाख रुपैयाँ ,लुम्बिनी प्रदेश सरकारबाट ३ करोड ६२ लाख अनुदान प्राप्त हुने अनुमान गरिएको नगरपालिकाले जानएको छ । नगरपालिकाको आन्तरिक राजश्व र चालु आर्थिक बर्षबाट बचत हुने सक्ने अनुमानित रकम ४५ करारेड १७ लाख ११ हजार रुपैया आय हुने गरि कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजार अनुमान गरिएको छ ।

