22.1 C
Parāsi
Saturday, May 2, 2026
spot_img

प्री-प्राइमरी शिक्षकहरुलाई सिनको २ दिने तालिम

सिन नवलपरासीको आयोजनामा प्री-प्राइमरी शिक्षकहरुलाई २ दिने तालिम आज देखि परासीको होटेल सिद्धार्थ पार्क रीजेन्सीमा शुरु भएको छ । २८ वटा निजी विद्यालयका   शिक्षकहरुलाई समेटेर तालिम शुरु भएको हो । तालिममा प्री-प्राइमरी शिक्षकहरुले आफ्नो क्षमता, आचरण, सिप, ज्ञान, मनोवृत्ति, सामाजिक तथा पेशागत व्यवहारमा अपेक्षित सुधार ल्याउन मद्दत गर्ने र कर्मचारीलाई तोकिएको काम गर्ने धारणा, सिप, क्षमता र आत्मबलमा वृद्धि गराउन, व्यवसायिक दक्षता हासिल गर्न, काममा निपूर्णता ल्याउँदै कार्य सन्तुलित बनाउँदै संगठनको प्रभावकारिता वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।

उक्त तालिममा प्यापसनका प्रदेश सदस्य एवं कार्यक्रमको कोडिनेटर उपेन्द्र गुप्ताको अध्यक्षतामा तथा प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको प्रमुख आतिथ्यतामा तालिम शुरु भएको हो । तालिम प्रशिक्षणको रुपमा प्रतिक्षा पुलामी मगर र दिपा खनालले सहजिकरण गर्नु भएको छ भने उक्त तालिममा ८० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

थप समाचार

ताजा खबर