
रामग्राम नगरपालिका वार्ड नं ४ मा अवस्थीत नवलपरासीकै पुरानो क्याम्पस पाल्ही बहुमुखी क्याम्पस परासीमा आज पूर्व विद्यार्थी संघ गठन गरिएको छ । संघको अध्यक्षमा क्याम्पसका पूर्व विद्यार्थी, रामचन्द्र भन्डारी चयन भएका छन् ।
क्याम्पसमा आयोजित पूर्व–विद्यार्थीहरुको भेलाले सो समिति गठन गरेको हो । पूर्व विद्यार्थी संघको बरिष् ठ उपाध्यक्ष पूर्व विद्यार्थी बेचु गौड , उपाध्यक्ष उत्तमा राय, महासचिब संजय कुमार शर्मा, सचिब पुरुषोत्तम ढकाल, कोषाध्यक्ष नरेश कोहार, सह कोषाध्यक्ष लक्ष्मी चौधरी, सदस्यहरु संन्दिप बर्मा, मोहन पौडेल, अरुणा पटेल र सुग्रिम यादब गरी ११ सदस्यीय समिति गठन गरिएको छ ।
२०४६ सालमा स्थापना भएको क्याम्पसमा अध्ययन् गर्ने अधिकांश उपल्लो तहमा पुगेका छन् । सोही विषयलाई मध्यनजर गर्दै पूर्व विद्यार्थीहरुलाई समेट्न पूर्व विद्यार्थीहरु संगठित भएको क्याम्पसका पूर्व विद्यार्थी रामचन्द्र भन्डारीले जानकारी दिए ।
उक्त कार्यक्रममा सोहि क्याम्पसमा अध्ययन् गरी विभिन्न पेसामा रहेका पूर्व विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।


