22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

दुग्ध क्षेत्रको विकास आर्थिक समृद्धिको आधार भन्ने मुल नारा सहित मनाइयो विश्व दूध दिवस

विश्व दूध दिवसको अवसर पारेर बिहीबार परासीस्थित पृथ्वी चन्द अस्पतालका बिरामीहरूलाई र आदर्श नमुना माध्यमिक बिद्यालय नवलपरासीका फरक क्षमता भएका विद्यार्थी हरूलाई दुग्ध बितरण गरिएको छ । हरेक वर्ष जुन १ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ ।
भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द परासीको आयोजनामा बिरामी र बिरामीका आफन्तलाई दुध बितरण गरेको हो । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द नवलपरासीका मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताउनु भयो ।
आम जनताले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरिएकोे थियो ।
कार्यक्रममा सातै पालीकाबाट पशु सेवा विभाग,अन्र्तगतका सरोकारवाला निकायको उपस्थीती रहेको थियो

थप समाचार

ताजा खबर