22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

आज देखि परासीमा सांस्कृतिक मेला सुरु

परासीमा लाग्ने सांस्कृतिक मेला आज उद्घाटनको हुनेछ। उद्घाटनको दिन आज मंगलबार टिकट नलाग्ने भएको छ ।
रामग्राम नगरपालिका वडा नं २ स्थित हाट बाजारमा आज देखि लाग्ने प्रथम रामग्राम सांस्कृति मेलाको दिन आज दर्शकहरुलाई फ्रि टिकटमा मेला अवलोकन गर्न छुट दिएको मेला व्यवस्थापक राजविर जैसवालले बताए ।

नवलपरासीका लागि रामग्राम नगरपालिका वडा नं २ को कार्यालयको आयोजनामा प्रथम रामग्राम डान्स आईडल लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना  हुनेछ ।

रामग्राम सांस्कृतिक मेला आयोजना हुन लागेको उक्त मेलाको मुख्य आकर्षणका रुपमा स्थानिय देखि अन्तराष्टिय व्यपारिक स्टलहरु, प्रथम रामग्राम डान्स आईडल प्रतियोगिता, स्थानिय डान्स ग्रुप तथा स्थानिय प्रतिभाको बेजोड प्रस्तुती,बाल उद्यान,र प्रत्येक दिन कुस्ती हुने छ ।

सांस्कृतिक मेलाका मुख्य कलाकार भोजपुरी गायीका शिल्पी राज,पाखी हेगडे, प्रिती पासवान, राजा भोजपुरीया,सोम्या पोख्रेल,किरन शाह,काजल रागवानी,रितेश पाण्डे,लोकदोहोरी गायक बद्रि पंगेनी,चन्द्र शर्मा,दुर्गेश थापा,ऐलिना चौहान,रचना रिमाल,हेमन्त शर्मा,ज्योती मगर,कमल खत्री,निभा यादव,प्रमोद जखमी,सुप्रिम मल्ल,योगराज पोख्रेल,विकास भट्टराई,बविता धिताल,बिना धिताल,विष्णु जी पाण्डे हास्य कलाकार, जादुगर बलराम सरकार,जादुगर /हास्य कलाकार राजेन्द्र गिरी,मोनिका न्यौपाने, भोजपुरी गायक अनिल दिवाना,भोजपुरी गायक कुलदिप धवाल,टप सोनी डान्स ग्रुप,युरेका डान्स ग्रुप,आरजे अनु,भोजपुरी आरकेस्ट्रा ग्रुप ऐलिसा डान्स ग्रुपको सहभागिता रहने छ,उक्त सांस्कृतिक मेलामा कुस्ती दंगल गराईने छ मेल व्यवस्थापक जैसवालले भने आज दिउसो १ बजे देखि राती १० बजे २० गते सम्म रामग्राम प्रथम सांस्कृतिक मेला लाग्ने छ ।यस सांस्कृतिक मेलामा ५० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको जय माता दी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.का जैसवालले बताए । प्रथम रामग्राम सांस्कृतिक आईडल डान्समा रामग्राम भित्रका स्थानिय कलाकार सहभागि हुने मध्ये प्रथम आउनेलाई रु २५ हजार द्धितियमा १५ हजार र तृतियलाई १० हजार पुरस्कार वितरण गरिने छ ।

सांस्कृतिक मेला व्यवस्थापनको लागि ४० लाख रुपैया खर्च हुने अनुमान गरेको जैसवालले बताए ।बालबालिका तथा युवाहरुको लागि बाल उद्यान सहित कृषि उत्पादन गार्मेन्ट होटेल रेष्टुरेन्ट लगायत ५० भन्दा बढी ब्यपारिक स्टलहरु समेत मेलामा राखिने छ । ५० हजार भन्दा बढी दर्शक भित्र्याउने उदेश्य रहेकोले उक्त मेलामा विद्यार्थीहरको प्रवेश शुल्क ५० रुपैया र अन्यका लागि ७० रुपैया तोकिएको छ । मेला आयोजक रामग्राम २ नं वडा कार्यालय मेला संरक्षक रामग्राम नगरपालिका र मेला व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.बुटवलले गरेको छ ।

थप समाचार

ताजा खबर