परासी, ३० बैशाख ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्रालाई निशुल्क साईकल वितरण गरेको छ । गाउँपालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत छात्राहरुलाई लाई हिजो निशुल्क साईकल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष यादवले साईकल बितरण गदै शिक्षा क्षेत्रलाई सबल बनाउनका लागि छात्रा विद्यार्थीहरु लाई साईकल वितरण गरीएको बताए । तराईको दक्षिण क्षेत्रमा अधिकांश परीवारले छोरीलाई १० वा १२ कक्षापछि पढाउन मान्दैन तर गाउँपालिकाले छोरीको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनले भने पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा बिशेष प्रथाकिमता साथ काम गरिहेको बताए ।
उनले थपे शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन् निमार्ण गरेर अगाडि बढेको बताउदै यादवले पालिका भित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउदै सिकाई प्रक्रियामा उचत्तम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयत्न रहेको यायदवको भनाई थियो ।गाउँपालिकाले आर्थिक बर्ष २०७९ ।८० बार्षिक स्वीकृत कार्यक्रम अनुसार कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने छात्राहरुलाई निशुल्क साइृकल बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जीबी घिमिरेले जानकारी दिए । उनको अनुसार कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्राहरु साईकल बितरण गरिएको बताए । साईकल पाउनको लागि छात्रा विद्यार्थीहरु लाई फर्म भर्नको लागि पालिकाले सूचना जारी गरेको थियो ।
प्रतापपुर गाउँपालिका भित्र रहेका स्थानिय विद्यार्थीहरुले आँफु अध्ययन गरीरहेको विद्यलायको विभिन्न प्रमाण सहित फर्म भर्न अनुरोध गरेको थियो । प्रतापपुर गाउँपालिका अन्तर्गतको विद्यालय बाट कक्षा १२ उत्तीर्ण गरेको स्थानिय हुनुपर्ने फर्ममा अनिवार्य गरेको थियो ।