38 C
Parāsi
Saturday, July 4, 2026
spot_img

नवलपरासीमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान–प्रदान कार्यक्रम सम्पन्न

 

वैशाख २५ । नवलपरासीमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यशाला गोष्ठी आज एक कार्यक्रमको बीच होटेल एटलस भुमहिमा सम्पन्न भएको छ । बहुक्षेत्रीय पोषण योजनाको सिद्धान्त र उद्धेश्यलाई आत्मसात गर्दै जिल्लामा सञ्चालन भएको सुआहारा दोस्रो (एकिकृत पोषण) कार्यक्रम सिकाई आदान–प्रदान कार्यशाला गोष्ठि आज सोमबार सम्पन्न भएको हो ।

युएसएआईडीको आर्थिक सहयोग, हेलन केलर इन्टरनेसनल नेपाल र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा सम्पन्न भएको सो कार्यक्रममा विगत लामो समयदेखी स्वास्थ्य तथा पोषण सुधारको क्षेत्रमा गरेको अनुभव तथा सिकाइहरु आदानप्रदान गरीएको थियो ।

सुआहारा कार्यक्रमले पालिकाको समग्र पोषण र स्वास्थ्य अवस्था तथा आगामी दिनमा गरिने क्रियाकलाप र प्राथमिकताबारे छलफल गर्दै परियोजना मार्फत हालसम्म भएका गतिविधि र यसबाट प्राप्त उपलब्धि, सिकाइहरु र दिगोपनाको लागि स्थानीय तह तथा सम्बद्ध सरोकारवालाहरुका अनुभव समेत आदान–प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सुआहाराले जिल्लामा विगत पहिलो ४ वर्ष र दोस्रो ६ वर्ष गरि कुल १० बर्षदेखि सञ्चालन गरेका गतिबिधिहरुको बारेमा सुआहारा कार्यक्रमका जिल्ला कार्यक्रम संयोजकले प्रस्तुतिकरण गरेका थिए ।

महिला तथा बालबालिका, किशोर किशोरीहरुको स्वास्थ्य, पोषण, कृषि, सरसफाई, सुशासन र व्यवहार परिवर्तनको क्षेत्रमा सुधार ल्याउन टेवा पु¥याउने उद्धेश्य अनुरुप सुआहारा कार्यक्रम दोस्रो कार्यक्रमको सिकाई आदान–प्रदान गरिएको समेत उनले बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले सुआहारा कार्यक्रमले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउदै अब आउने कार्यक्रमलाई सबैले समन्वय गरेर लैजानु पर्ने बताए । उनले समुदायस्तरमा पुगेर महिला तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरे । उनले अझै ग्रामिण भेगमा पोषण र स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको र यस कार्यक्रमको खाँचो समुदायमा रहेकोले पुन तेस्रो कार्यक्रम ल्याउन आग्रह गरे । पोषणमा सुधार ल्याउन खानामा विविधिकरण हुनुपर्ने भन्दै सबै भन्दा पहिले उत्पादनलाई जोड दिनुपर्ने र आफ्नो तर्फबाट हुने सहयोगको लागि सक्दो पहल गर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख भगाैती यादव (रूदल)ले सुआहारा कार्यक्रमले महिला र बालबालिको क्षेत्रमा राम्रो काम गरेकाले आगामी दिनमा स्थानिय तहले निरन्तरता दिनुपर्ने बताए ।

यसैबिच कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका प्रमुख तथा बरीष्ठ मत्स्य विकास अधिकृत श्रावण कुमार चौधरीले सहभागिहरुले सुआहारा कार्यक्रमले समुदायमा पोषण र सरसफाइृको क्षेत्रमा परिवर्तन आएको बताएका छन । कुखरा पालन,अण्डा माछापालनबाट आम्दानीको स्रोत बनाएको र सुनौलो हजार दिनका आमाहरुले पोशिलो खानेकुरामा ध्यान दिएको उनीको भनाइ छ ।

स्वास्थ्य कार्यालय ब कार्यक्रम बिज्ञ निर्मल भण्डारीले प्रभाव र मुल्याकन डाटा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल , रामग्राम नगरपालिकाका जन स्वास्थ्य निरीक्षक सुरज हरिजन ,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, स्वास्थ्य कार्यालयका प्रमुख लगायत सुआहरको अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । भन्छिन आमा रेडियो कार्यक्रम ४२ जिल्लामा संचालनमा थियो।

थप समाचार

ताजा खबर