22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

टिप्परको ठक्करबाट पट्खौलीमा साईकल यात्रीको मृत्यु

रामग्राम नगरपालिका-१७ पट्खौलीमा टिप्परको ठक्करबाट आज बेलुका एक साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामग्राम-१२ कुनुवार बस्ने ६० वर्षीय गणेश प्रसाद हरिजन रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
आज साझ करिब सवा पाँच बजेको समयमा जिल्लाको रामग्राम-१७ पठ्खौली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश २-०३-००१ क ११३२ नं. को खाली टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते हरिजनको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्परका चालक फरार छन् । प्रहरीले प्रतापपुर- ९ बस्ने ३१ वर्षीय मनोज कुमार थारुलाई नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै स्थानीयले ठक्कर दिने टिप्परमाथी ढुंगामुढा समेत गरेका थिए ।

थप समाचार

ताजा खबर