14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

बाघको आक्रमणबाट पाल्हीनन्दनमा दुई जना घाइते

परासी,१६ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन -४ स्थित वैरवाको आँप र बाँसघारीको बगैंचामा बाघले एक्कासि आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीष सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । कोईरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

थप समाचार

ताजा खबर