38 C
Parāsi
Saturday, July 4, 2026
spot_img

आदर्श नमूना माविले गर्यो कक्षा ११ मा विज्ञान संकाय सञ्चालनका लागि तयारी

परासीमा रहेको आदर्श नमुना माविले कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्ने तयारी गरेको छ । आउँदै गरेको नयाँ शैक्षिक सत्रबाट विज्ञान संकायको अध्यापन शुरु गर्ने तयारी रहेको विद्यावलय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल अग्रहरीले बताउनुभयो ।
विद्यार्थीको माग र आवश्यकतालाई मध्यनजर गर्दै यस क्षेत्रमै पहिलो पटक प्लस टु तर्फ विज्ञान संकाय सञ्चालन गर्न लागेको भएर यस क्षेत्रका सरोकार पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरेको उहाले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा हाल रहेको विज्ञान प्रयोगशालालाई स्तरोन्नती गरी अत्याधुनिक बनाउने लागिरहेको पनि उहाँले बताउनुभयो । विज्ञान संकाय अध्ययन गर्न अन्यत्र गएर मर्हगो खर्चमाा पढ्नुपर्ने बाध्यताबाट अव यस क्षेत्रका विद्यार्थी मुक्त हुने उहाको दाबी छ ।

थप समाचार

ताजा खबर