परासी, १९ मंसिर । 
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण बारे भाक्सिनेटर संग अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लामा ७ वटै पालिकाबाट ४० भन्दा बढी भ्याक्सिनेटरको उपस्थिति रहेको थियो । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीको आयोजनामा उद्योग बाणिज्य संघको हलमा पशुलाई भेक्सिन लगाउने भेक्सिनेटरहरुलाई खोरेत रोग लगायत विभिन्न रोग र खोपका बारेमा अभिमुखिकरण गरिएको हो । विज्ञकेन्द्र कार्यालयका प्रमुख बष्ठि मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिीनी प्रदेशका पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रमुख आतिथ्यतामा सो अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथि पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै खोपका प्रकार, खोप कसरी प्रभावकारी रुपमा लगाउने, पशु संग गरिने राम्रो व्यवहार, फिल्डमा खटिदा तथ्याङ्क सुरक्षित गर्ने लगायतका बारेमा जानकारी दिनु भयो । गोष्ठीमा विज्ञकेन्द्रका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले पशुमा लाग्ने खोरेत, पिपिआर, स्वेन फिभर, रानी खेत लगायतका रोगहरुको बारेमा जानकारी दिदै खोरेत रोग उन्मुलन अभियानलाई सफल बनाउन सबै भेक्सिनेटरहरुलाई सक्रिय भई लाग्न आग्रह गर्नु भयो । गोष्ठीमा जिल्ला भरिबाट कुल ४० जना भेक्सिनेटरहरुको सहभागिता रहेको विज्ञकेन्द्रकि नायब प्राविधिक सहायक (मत्स्य) निर्मला गिरीले जनकारी दिनु भयो । यस संगै विज्ञकेन्द्रले कृषकहरुलाई व्यापक रुपमा प्राविधिक सहयोग संगै विभिन्न अनुदानका कार्यक्रमहरु मार्फत जिवन स्तर उकास्ने कार्य पनि गर्दै आएको छ ।
खोरेत पशुलाई लाग्ने एक प्रकारको सरुवा रोग हो। यो रोगले सुरु हुँदा पशुको पशुको मुखबाट र्याल आउने, जिब्रोमा घाउ आउने, ज्वरो आउने लक्षण देखा पर्दछ।रोग छिप्पिँदै गएपछि पशुको खुरको छालाहरु कुहिने हुन्छ।
विशेष गरी वर्षाको समयमा यो रोग खुरफाटा जनावरमा देखा पर्दछ ।

