24 C
Parāsi
Saturday, May 2, 2026
spot_img

पशुमा देखिने खोरेत रोग उल्मूलन अभियान कार्यक्रम सम्पन्न ।

परासीमा आयोजना भएको खोरेत रोग नियन्त्रणका लागि उल्मूलन अभियान विषयक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख आतिथि लुम्बिनी प्रदेशका नि निर्देशक डा परवेज आलमले कार्यक्रममा आहिलेको खोरेतको अवस्था र पशुको जैविक सुरक्षा र किसानमा सचेतना भए खोरेत नियन्त्रणमा आउने सक्ने बताउनुभयो । सो रोगको जोखिम पाडापाडी, बाच्छाबाच्छीमा बढी हुने उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि जैविक सुरक्षा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले तराईको सीमा क्षेत्र र पशुको आवतजावत हुने स्थानमा रोग फैलिन नदीन बताउनुभयो।
उत्घाटन समापन कार्यक्रम भेटनरी प्रमुख श्रवण कुमार चौधरीले प्रदेश सरकार ले पनि रोग उल्मूलनमा सहयोग गर्दै आएको बताउनुभयो। कार्यक्रममा पश्चिम नवलपरासीमा ७ पालिकाका पशु शाखाका प्रमुखहरुको सहभागिता रहेको थीयो ।
कसरी बचाउने?

खोरेत पशुलाई लाग्ने एक प्रकारको सरुवा रोग हो। यो रोगले सुरु हुँदा पशुको पशुको मुखबाट र्‍याल आउने, जिब्रोमा घाउ आउने, ज्वरो आउने लक्षण देखा पर्दछ।
रोग छिप्पिँदै गएपछि पशुको खुरको छालाहरु कुहिने हुन्छ।
विशेष गरी वर्षाको समयमा यो रोग खुरफाटा जनावरमा देखा पर्दछ ।

 

थप समाचार

ताजा खबर