परासी, २४ चैत्र ।
रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले आज एक कार्यक्रमकोबिच रेडक्रस सोेसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीलाई एम्बुलेन्स साँचो हस्तान्तरण गरेका छन्।
यसअघि नगरपालिकाले रामग्राम नगरपालिकाको वडा नं १८ रहेको अमरबन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।
एउटा शब बहन पनि लाउने तैयारी भैरहेको नगरपालिका ले जनाएको छ। जिल्लामा अहिले २५ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्।
एम्बुलेन्स लाउने प्रक्रिया अति कठिन भएको तर आफुले लाई छोडेको नगर प्रमुख को भनाइ थियो। नगरभित्रका नगरबासीहरुलाई सहज रूपमा र जनतालाई स्वास्थ्य सेवाको पहुँच पुर्याउनेपुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख गुप्ताले बताए ।
उनले नगरपालिका भित्र कुनै पनि समयमा एम्बुलेन्स नपाउँदा आमाको र बच्चाको अकालमा ज्यान जान नदिनको लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । उनले भने बिपतको बेलापनि यस्ता साधनाको संचालन आवश्यक भएकोले यसले थप मदत पुग्ने बताए । गर्भवती महिलाहरुलाई यो नितान्त गर्भवती बर्थिंग सेन्टर जानलाई निलक एम्बुलेन्स सेवा प्रदान गर्ने तर अन्य विरामीको हकमा सहुलियत दरमा शुल्क लाग्ने बताए।

