25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

पाल्ही क्याम्पसमा मेयर छात्रवृत्ति वितरण तथा पुस्तक हस्तान्तण


हिजो  रामग्राम नगरपालिकाले जिल्लामा पहिलो पटक क्याम्पसका बिद्यर्थीहरुलाई छात्रवृत्ति वितरण तथा पुस्तक हस्तान्तरण गरेको छ । जिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसका बिद्यार्थीहरुलाई जिल्लामा पहिलो पटक मेयर छात्रवृत्ति वितरण तथा पुस्तक हस्तान्तण गरेको हो ।

नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले गरीब तथा जेहेनन्दर बिद्याथीहरुलाई छात्रवृत्ति वितरण तथा पुस्तक हस्तान्तरण गरेका हुन । छात्रवृत्ति तथा पुस्तक हस्तान्तरण गदै नगरप्रमुख गुप्ताले उच्च शिक्षा हासिल गर्न बिद्यार्थी बाहिर जानुपर्ने अवस्था अन्त्य गर्ने नगरपालिकाको संकल्प रहेको बताए ।उनले नगरपालिकाले क्याम्पसको बिकासको लागि पूर्वाधार शिक्षालाई गुणस्तर बनाउनको निम्त लगानी गरिरहको बताए। अझै धेरै काम गर्न बाकी छ र यो क्याम्पस लाई जिल्लाकै नमुना क्याम्पस बनाउने छौ,उहाले भन्नुभयो।

शिक्षा क्षेत्रमा लागनी अनिवार्य गर्न हुनुपर्ने गुप्ताले बताए ।बिश्वाबिद्यालय आयोगले स्नातक तहको स्वीकृती नदिदाँ क्याम्पसमा स्नातक तह अध्ययन हुने नसकेको र यहाँ स्नातक तह अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता रहेको बताए । घरबाट क्याम्पसमा अध्यपन गर्नआउनको लागि र बिद्यार्थीहरुलाई सहज पुग्ने गरी नगरपालिकाले बस खरिद गर्न संचालन गर्नको बजेट पनि दिएको गुप्ताको भनाई थियो ।

क्याम्पसमा आन्तरिक परीक्षामा उत्कृष्ट भएका ४० जना बिद्यर्थीहरुलाई ५ हजारको दरले २० लाख बराबरको मेयर छात्रवृत्ति बितरण गरिएको नगरपालिका लेखा अधिकृत एव क्याम्पस व्यवस्थापन समितीका सदस्य संजय कुमार शर्माले जानकारी दिए । नगरपालिकाले क्याम्पस प्रमुख कैलाश ठाकुरलाई ५ लाखको बराबरकोे पुस्तक हस्तान्तरण पनि गरिएको नगरशिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले बताए ।

पाल्ही बहुमुखी क्याम्पसका व्यवस्थापन समितीका कार्यबहक अध्यक्ष गजानन्द पटलेको अध्यक्षता भएको कार्यक्रममा व्यवस्थापन समितीका सदस्य अनिल कुमार गौड, क्याम्पसका प्रमुख कैलाश ठाकुर, नगरपालिका लेखा अधिकृत एव क्याम्पस व्यवस्थापन समितीका सदस्य संजय कुमार शर्मा लगायतले आ–आफनो धारण राखेका थिए ।

थप समाचार

ताजा खबर