परासीमा आज साँझ आगलागी हुदाँ ठूलो क्षति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित दुईतले घरमा आगलागी भएको हो ।
साँझ करिब पौने ८ बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागी हुनुको कारण खुल्नसकेको छैन। आगलागी भएका दुवै पसल नया हुन्।
नेपाल प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।
रामग्राम नगरपालिकाको दमकलमा आएको समस्याका कारण आगो नियन्त्रणमा लिन नसकेपछि
बर्दघाट नगरपालिकाबाट आएको दमकललाई स्थानीयले तोडफोड गरेका थिए ।बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य घाइते भएका छन् ।

