25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

हिमानी ट्रस्टद्वारा हरि शुसिल आधारभुत बिद्यालयमा न्यायो कपडा वितरण

माघ १० ,

हिमानी ट्रस्टले देशका विभिन्न विद्यालयका छात्रछात्राहरुको लागि न्यानो कपडा वितरण गरिरहेको छ । यसै क्रममा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको हरि सुसिल आधारभुत बिद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम शुरु गरेको छ , कोभिडका कारणले न्यानो कपडा वितरण कार्यक्रम जिल्ला प्रशासन कार्यालयको नियम पालना गर्दै ३ दिन सम्म चल्नेछ । आज सोमबार अति बिपन्न आर्थिक अवस्थाका ४१ जना छात्रछात्राहरुलाई हिमानी ट्रस्टको सहयोगमा न्यानो कपडा (ज्याकेट) बितरण गरिएको हो । यसका साथै ३ दिन सम्म गरी १०० जना लाई बितरण गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा बोल्दै हिमानी ट्रस्टका जिल्ला संयोजक मनोज सिहले शीतलहरबाट प्रभावित बालबालिकालाई राहतस्वरुप न्यानो कपडा वितरण गरेको र स्थानीयको सुखदुःखमा सधै साथमा रहेको बताए । कार्यक्रम हिमानी ट्रस्टका जिल्ला संयोजक मनोज शिहको अद्क्ष्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि रामग्राम नगरपालिका शिक्षा शाखा प्रमुख रुद्र प्रसाद रेग्मी ,अतिथिहरुमा बिद्यालय ब्यबस्थापन समितीका कृष्ण प्रसाद पाण्डे सदश्य बिनोद गुप्ता ,रामग्राम नगरपालिका लेखापाल संजय शर्मा , लगायतको उपस्थिीती रहेको थियो। हरि सुशिल आधारभूत विद्यालय,परासीका प्रधानध्यापक त्रिभुवन ढुंगानाले कार्यक्रम संचालन गर्नुभएको थियो।

थप समाचार

ताजा खबर