14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

घाईतेको उपचारका लागि समाजसेवी ब्रहमानन्दले गरे १० हजार आर्थिक सहयोग

परासी, २५ पुष । युवा समाजसेवी ब्रहमानन्द लोहारले एक गरिबको उपचारका लागि नगद १० हजार रुपैया सहयोग गरेका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा ३ बेलासपुर निवासी समाजसेवी ब्रहमानन्द लोहारले सोही गाउँपालिका वडा १ बडकी सुनरी बस्ने चुलाई हरिजनको उपचारार्थ दुबै छोराको उपचारका लागि उक्त रकम आर्थिक सहयोग गरेका हुन् । 
पिडित चुलाई हरिजनको जेठो छोरा २५ बर्षिय प्रमोद हरिजन, कान्छो छोरा २२ बर्षिय दिलिप हरिजन भारतको महराजगंज जिल्लाको निचलौलमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका थिए । दुबै घाईतेको खुट्टा भाँचिएको छ भने शरिरको विभिन्न अंङ्गहरुमा चोटपटक लागेको पिडित चुलाई हरिजनले जानकारी दिए । चुलाई आफनो दुबै घाईते छोराहरुको उपचारका लागि आर्थिक जोहो गरिरहेका थिए तर उनलाई सहयोग जुटन धौधौ भैरहेको बेला समाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी ब्रहमानन्दले उपचारका लागि नगद १० हजार सहयोग दिएपछि चुलाई निकै खुशी जाहेर गरे । समाजसेवी ब्रहमानन्द उपचारका लागि चुलाईकै घरपुगी उक्त आर्थिक सहयोग गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना पनि गरे ।  
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वडा नंं १ का सभापति चुलाई यादव, वडा ३ का सभापति मोहन गोसाई, क्षेत्रिय सदस्य सुरेन्द्र पटेल, गाउँ कार्यसमिति सदस्य अवधेश कुर्मी, अनिल कहाँर, समाजसेवी मोती मौर्य, राजेश जयसवाल लगायतको उपस्थिती रहेको थियो । 
समाजसेवी ब्रहमानन्द नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि पनि हुन। समाजसेवी ब्रहमानन्द यस्तै गरि गरिब दुखियालाई आर्थिक सहित आवश्यक खाद्यान्न सहयोग गर्दै आएका छन भने समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रही विभिन्न आवश्यक सहयोग र साथ दिदै आएका छन् ।

थप समाचार

ताजा खबर