परासी ,असोज ७ ।

रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वितेको आर्थिक वर्ष २०७७ /७८ को पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । असोज ५ र ६ गते २ दिने पालिका स्तरीय वार्षिक समिक्षा तथा प्रगती प्रतिवेदन अनुसार रामग्राम नगरपालिका वार्ड न १ देखि १८ सम्मकै भए गरेका काम को वार्षिक समिक्षा प्रस्तुत गरिएको थीयो ।
कार्यक्रममा कोभिड-१९ को समयमा जोखिम मोलेर जनताको सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सबै उच्च सम्मान र मुल्याङ्कन हुनुपर्ने र नागरिकलाई सुरक्षित सेवा प्रदान गर्ने सन्दर्भमा रामग्राम नगरपालिका सदैव तत्पर रहेको कार्यक्रममा उल्लेख गरिएको छ । रामग्राम नगरपालिकालाई स्वास्थ्य उपचार केन्द्रका रुपमा नेपालभर चिनाउन स्वास्थ्य सुरक्षा प्रणालीलाई प्रभावकारी बनाएर अगाडी बढ्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा जनस्वास्थ प्रमुख राम नरेश रायले कोडिभ-१९ रोकथामका लागी स्वास्थ्यकर्मीहरुले धेरै समस्या झेल्दै नागरिकको सेवामा खटिरहेको बताए । वार्षिक प्रगति प्रतिवेदनमा सि.अ.हे.व अनिल खड्का,,हेअल्थ अस्सिटेन्ट सुरज हर्र्जन ,सुक्रौली स्वस्थ चौकीका प्रमुख बलराम सापकोटा लगायतले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका आम हरुलाई पोषिलो झोला वितरण कार्यक्रम ,जेस्ठ नागरिक संग मेयर कार्यक्रम ,मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा ,पोषण प्रभावकारी रहेको जानकारी दिए।

रामग्राम नगरपालीक भित्र १ अस्पताल,८ स्वास्थ्य चौकी ,२ शहरी स्वास्थ्य केन्द्र,२४ गाउँघर क्लिनिक,३५ खोप क्लिनिक,६ आधारभूत स्वस्थ सेवाकेन्द्र,२ बर्थिंग सेन्टर रहेका छन्।
स्वस्थ तर्फ रामग्राम नगरपालिका मा आर्थिक वर्ष २०७७/७८ मा ७३ प्रतिसत बजेट खर्च भएको छ। जनसाँख्यिक अवस्था हेर्दा विक्रम सम्वत् २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या ५९४५५ रहेको थियो, जसमा पुरुष २९१३२.९५ र महिला ३०३२२.०५ रहेको देखिन्छ । यसरी २०५८ को जनसंख्यालाई आधार वर्ष मान्ने हो भने यहाँ प्रतिवर्ष जनसंख्या वृदिद्धर २ प्रतिशत रहेको छ । यहाँ कुल घरधुरी संख्या १०८५५ रहेको छ भने जनघनत्व ८२५ प्रति व.कि.मि रहेको छ ।

