परासी, १३ भदौ ।

पश्चिम नवलपरासीमा भाद्र १० गते परेको अविरल बर्षा र बाढीले यस रामग्राम नगर क्षेत्र भित्रका विभिन्न ठाउँहरूमा ठूलो जन धनको क्षति गराएको छ। 
बाढीले अधिक मात्रामा क्षति रामग्राम नगरपालिकामा पु¥याएको छ ।
अबिरल बर्षाका कारण जिल्लामा आएको ठुलो बाढीले जिल्लाको विभिन्न पालिकाका घर ,पसलहरु डुबानमा परि कराडांैको क्षति भएको छ । बाढीले जिल्लाका उद्योगहरु डुबानमा परेका छन् भने सयबढि पसल व्यवसाय तथा घरहरु डुबानमा परि क्षति भएको छ । बाढीकै कारण गरिब विपन्नलाई प्रमुख प्राथमिकतामा राखेर राहत वितरण गरिने र बाढि प्रभावित क्षेत्रमा अत्यआवश्यक औषधी सहित स्वास्थ्यकर्मिको दुर्त प्रतिकार्य टोली (RRT) टोली पठाईसकिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो । आज बाढीबाट अति प्रभावित क्षेत्र बाढी प्रवेश स्थल रामग्राम १, सहुवाटिकरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको तर्फबाट समुदायमा महामारी नियन्त्रण लागि सचेतना कार्यक्रम लगायत ११० जना बिरामीको निःशुल्क उपचार गरिएको स्वस्थ साखाका बलराम सापकोटाले जानकारी दिनुभयो जसमा ४५ जना महिला र ६५ जना पुरुषले स्वस्थ लाभ लीएका थीए ।
भोलि पनि सोहि टोली रामग्राम नगरपालिकाको सम्पूर्ण बढी प्रभावित क्षेत्रमा गई विभिन्न महामारी जन्य रोगको रोकथाम लागि उपचार तथा सचेतना कार्यक्रमहरू गर्ने जनाएको छ ।
यसै क्रममा नगरपालिको रामग्राम १८ पम्फापुरमा बाढिमा डुबेर मृत्यु भएका बाबु छोराको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैँया दिने पनि कार्यपालिकाको बैठकले निर्णय गरेको छ । रामग्राममा ९४ ओटा कच्चि घर टहरा भत्किएको छ भने ४० ओटा घर टहरा आशिंक रुपमा भत्किएको नगरप्रमुख गुप्ताले बताउनुभयो ।

