परासी, २८ अषाढ ।
पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा संघिय संसद नेता देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यमा सरावल गाऊपालिका अध्यक्ष राधेश्याम चौधरीद्वारा १०–१० थान लेक्चर बोड र पंखा हस्तान्तरण े गरेका छन ।
सरावल गाऊपालिका बिधार्थीपनि पाल्ही क्याम्पसमा उच्च शिक्षाको लागि आउने गरेको र आफुलाई पनि पाल्ही क्याम्पसमा केहि सहयोग गर्न मन लागेकोले र तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत परिक्षामा समस्या पर्ने गएकोले आफुले लेक्चर बोड र पंखा हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा बोल्दै नेता कण्डेलले क्याम्पसको शैक्षिक अवस्था सुधारिदै क्याम्पसको आवश्यक भौतिक संरचनाहरु व्यवस्थित हुन जरुरी रहेको बताए । नेता कण्डेलका अनुसार यस क्याम्पसले सयांै विद्यार्थीहरुलाई दक्षजनशक्तिको रुपामा उत्पादन गरिसकेको छ । शिक्षाको क्षेत्रमा क्याम्पसले अझै प्रतिस्पर्धा मार्फत विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अग्रसर बनाउन भुमिका खेल्न आवश्यक रहेको र आफु सांसद भएकै बेलामा केहि न केहि सहयोग गर्न तत्पर रेहेको बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले सबैले आफुलाई सहयोग गरे समस्या समाधान हुन समय नलाग्ने बताए ।
पाल्ही बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले आफु क्याम्पस प्रमुख भएपछि क्याम्पसले नीकै प्रगति गरेको उल्लेख गरेका छन ।रंगरोगन ,कम्पाउण्ड वाल ,इन्टरनेट सेवा ,कम्प्युटर ,स्मार्ट बोर्ड ,सी सी क्यामरा, शौचालय ,प्रिन्टर र रामग्राम नगरपालिकाले बस किन्नका लागि रकम समेत निकाशा गरिसकेकोले केहि समय पछि क्याम्पसको आफ्नै बस हुने र टाढा टाढा बाट आउने विद्यार्थी लाई सजिलो हुने बताए। कोरोनाको कारणले केहि समस्या आएपनि सामना गरेर अगि बढेको उनले बताए । भौतिक रुपमा क्याम्पस पछाडी परेपनि शिक्षाको गुणस्तरमा क्याम्पस अगाडि रहेको उनको भनाइ थियो।कार्यक्रमा संचालक समीतिका सदस्य र क्याम्पसका लेक्चरहरुको पनि सहभागिता रहेको थियो ।