41.3 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

स्वास्थ्य प्रणाली सुदृढिकरण गर्न रामग्राम नगरपालिकाले पहल गर्दै।

परासी, २६ असार।

 पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एक्सन अगेष्ट हंगर (ए.सि.एफ.) को प्राविधिक सहयोगमा स्वास्थ्य प्रणाली सुदृढिकरण गर्न स्वास्थ्य प्रणालीको सबल तथा सुधार गर्नु पर्ने पक्षहरु पहिचान गरी प्राथमिक क्रियाकलापहरु पत्ता लगाउंदै स्वास्थ्य प्रणाली सुदृढीकरण रणनीति तयार गर्ने कार्य सम्पन्न गरेर आज एक कार्यक्रम का बीच उक्त प्रतिवेदन बिमोचन कार्यक्रम सम्पन्न
गरेको छ । उक्त प्रतिवेदनमा नगर क्षेत्रको स्वास्थ्य प्रणालीको सुधार गर्न र अहिलेको स्वास्थ्य अवस्था मुल्याकन गरी अहिले स्थानीय निकायले स्वास्थ्य प्रणालीको नेतृत्व गरिरहेकाले स्वास्थ्य सेवालाई समेत विकासकै योजनाका रुपमा अघि सारेर बजेट विनियोजन गर्न उनीहरुले सुझाव प्रस्तुत गरेका हुन् ।
यस सस्थाले नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य तथा पोषण सेवाहरुको कार्यन्वयनका लागि मातहतका विभिन्न स्वास्थ्य संस्थाहरु, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको स्वास्थ्य कार्यालय र प्रदेश सरकारसंग समन्वय तथा सहयोग लिई करिब २ वर्ष लगाएर प्रतिवेदन तयार पारेको हो ।
कार्यक्रममा एक्सन अगेष्ट हंगर (ए.सि.एफ.) का सहजकर्ता सुजय नेपाली भट्टचार्यले नगर क्षेत्रमा रहेका स्वास्थ्य समस्या, सुदृढिकरण र रणनीतिहरुलाई अबलम्बन गरेर ३ वर्षे कार्य योजनासहितको प्रतिवेदन तयार गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । कार्य योजनामा आगामी २०८१ को अन्तसम्म नगर क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सेवादेखि भौतिक पूर्वाधार र आधारभूत सामग्रीहरु राष्ट्रिय मापदण्ड अनुसार हुने अपेक्षा लिइएको छ ।
प्रतिवेदन पुस्तक सार्वजनिक गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले यो कार्ययोजनाले रामग्राम नगरपालिकाको स्वास्थ्य तथा पोषणको वार्षिक कार्ययोजना तथा बजेट निर्माण गर्न मार्गदर्शन प्रदान गर्ने बताए । साथै यो कार्ययोजना बमोजिम स्वास्थ्य तथा पोषणका क्रियाकलापहरु समुदाय स्तरसम्म विस्तार हुने र आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य तथा पोषण सेवा उपलब्ध गराउने र नगरपालिकाको समग्र स्वास्थ्य प्रणालीलाई सुधार गर्दै यसलाई अझ मजबुद पार्ने कुरामा पनि विश्वस्त हुने दाबी गरे । साथै कोही पनि व्यक्तिलाई पछाडी नराखी आवश्यकतामा आधारित स्वास्थ्य सेवाहरु प्रवाह गरि स्वास्थ्यलाई स्थानीय विकाश एजेण्डा बनाउंदै स्वास्थ्य प्रणालीलाई थप क्रियाशील बनाउनका लागि स्वास्थ्य तथा पोषणका क्षेत्रमा सहयोग र सहकार्य गर्ने विभिन्न निकायहरु तथा सरोकारवालाहरुलाई सशक्त रुपमा लाग्नका लागि आव्हान गरेका थीए। कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,सुआहारा कार्यक्रम का संयोजक कृष्ण गुरुङ लगायतले प्रतिवेदन कार्यान्वय गर्न सके नगर क्षेत्रको स्वास्थ्य क्षेत्रले ठुलो फड्को समेत मार्ने विश्वास व्यक्त गरे ।
प्रतिवेदनमा नगर क्षेत्रको स्वास्थ्य अवस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु समावेश छन् । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य प्रणालीको ६ आधार स्तम्भ र १ सय १४ वटा सूचकलाई समावेश गरेको छ ।

 

थप समाचार

ताजा खबर