41.3 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

निषेधाज्ञा खुकुलो, जोखिम कायमै , प्र जी अ आफै निस्किए छड्केमा

परासी , २१ असार ।

पश्चिम नवलपरासीमा जिल्लामा जारी निषेधाज्ञा खुकुलो वनाइएपछि जोखिम बद्नसक्ने अवस्था लाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघका पदाधिकारीसहित पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र आफै अगुनमनमा निस्केका छन् । सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने सरकारी कार्यालयको सेवा पनि सुचारुनै छ  ।

निषेधाज्ञा खुकुलो बनाएपछि मास्क तथा सेनिटाईजरको प्रयोग र भौतिक दुरी कायममा लापरवाही भएको गुनासो बढेपछि प्रजिअ मिश्र आफै अगुनमनमा निस्केका हुन् । त्यसक्रममा परासी बजारका पसल व्यवसाय, सवारी साधन, होटल,सरकारी कार्यालय लगायतमा स्वास्थ्य सुरक्षा मापदण्ड पाल लागि  आज सचेत गराईएको र भोलीदेखि पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि बताए । निषेधाज्ञा खुकुलो भएपनि कोरोना महामारी नघटेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्नुपरेको उहाँको भनाई थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी साँझ ४ बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिएकोमा अधिकांशले स्वास्थ्य मापदण्ड पालना गरेको नदेखिएको सीडीओ मिश्रले बताउनुभयो । उहाँले आफै पसलका सञ्चालक तथा ग्राहकलाई मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, सेनिटाईजरको प्रयोग गर्न, पसलको सटरमा डोरी लगाउन, फुटपाथमा पसल व्यवसाय सञ्चालन नगर्न आग्रह गर्नुभएको थियो। झोखिम नबढोस भनेर  उद्योगी व्यवसायीलाई स्वास्थ्य मापदण्डका पालना गरी पसल व्यवसाय सञ्चालन गर्न सचेत गराईएको उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डेले बताउनुभयो।अभियानको क्रममा उद्योग वाणिज्य सं तर्फबाट आफुले पाँच सय मास्क उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो ।

 

थप समाचार

ताजा खबर