परासी, १४ असार ।
रामग्राम नगरपालिकाका साविकका स्थानीय निकायका कर्मचारीहरुको वृत्ति विकासका लागि आन्दोलन को घोषणा गरेका छन । ।
नेपालको वर्तमान संविधानको भाग १७ मा स्थानीय कार्यपालिका, भाग १८ मा स्थानीय व्यवस्थापिका र भाग १९ मा स्थानीय आर्थिक कार्यप्रणालीको व्यवस्थाले स्थानीय तहकोलाई स्वायत्तता प्रदान गरेको छ । स्थानीय तहले आफ्नो लागि आवश्यक पर्ने कानून आफै बनाउन सक्ने, आफ्नो आर्थिक रोडम्याप आफै निर्धारण गर्ने सक्ने जस्ता अधिकारले अधिकार सम्पन्न त पक्कै बनाएको छ । तर प्रश्न उठ्छ, के त्यसको सहि सदुपयोग भएको छ त ? स्थानीय सरकार संचालन ऐन, २०७४ ले गरेका व्यवस्थाहरुको पूर्ण कार्यान्वयन भएको छ त ? स्थानीय तहको सेवा प्रवाह कति प्रभावकारी छ ? के साँच्चिकै जनताको घरदैलोमा सरकार भन्ने अवधारणाले सार्थकता पाएको छ त ? के राज्य प्रणालीका लाभहरुको फाइदा लक्षित वर्गले उठाउन सकेका छन ? के स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले स्वतन्त्रतापूर्वक सेवा प्रवाह गरिरहेको छ ? के कर्मचारीतन्त्र भित्रका विकृतिहरु समाधान उन्मुख रहेका छन ? के स्थानीय तहमा रहेको ५-६ प्रकारका कर्मचारीहरु बीच कार्यवातावरण सहज छ त ? अथवा कर्मचारी-कर्मचारीहरु बीच द्वन्द्वको परिस्थिति त सिर्जना भइराखेको छैन ? बामे सर्दै गरेको गणतन्त्रको मेरुदण्डको रुपमा रहेको स्थानीय तहले जनताको मन जित्न के कस्ता प्रयत्न गर्दैछ ? लगायतका प्रश्नहरु अनुत्तरिय बन्दै गइरहदा नेपालमा संघीयता पश्चात नेपालको संविधान, २०७२ बमोजिम स्वीकृत कर्मचारी समायोजन
ऐन, २०७५ ले निर्दिष्ट गरेका कानून अनुसार संघीय कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुदाँ
सबै तहका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप तह बढुवा, ग्रेड बृद्धि गरी समायोजन भएको अवस्थामा
साविक स्थानीय निकायका कर्मचारीहरुलाई कुनै किसिमको तह बढुवा वा ग्रेड वृद्धि नगरी वंचितीमा
पारेको सन्दर्भमा साविक स्थानीय निकायका कर्मचारीहरुको वृत्ति विकासका लागि संघीय सरकारले
२०६६ साल देखी र प्रदेश सरकार गठन पश्चात समेत स्थानीय निकायका कर्मचारीहरुको सन्दर्भमा ऐन
कानुन निर्माण नभएको अवस्था देखाउदै देशका २३ वटा पालिकाहरुले विशेष ऐन कानुन निर्माण गरी
स्थानीय राजपत्र मार्फत कार्यान्वयन समेत गरीसकेको अवस्था देखाउदै रामग्राम नगरपालिकाका
साविकका स्थानीय निकायका कर्मचारीहरुको वृत्ति विकासका लागि नगरपालिकालाई पटक पटक
अनुरोध गर्दा समेत हाल सम्म कुनै किसिमको प्रकृयागत कार्य प्रगती नदेखिएको भन्दै साविक स्थानीय
निकायका कर्मचारीहरुको वृत्ति विकास सम्बन्धी विशेष ऐन कानुन स्विकृतका लागि नगरपालिका
समक्ष नेपाल नगरपालिका कर्मचारी एसोसियसन ले आज नगरपालिका को प्रमुख प्रसासकिय अधिकृत समक्ष आफ्ना मांगहरु राखेका छन् । साथै उनिहरुले यी मांगहरु पुरा नहुन्जेल सम्म तपसिलका बिरोध कार्यक्रम
गर्ने घोषणा समेत गरेका छन् र यस प्रति रामग्राम नगरपालिकावाट नगरबासीको सेवा प्रवाहमा पर्न
जाने असुबिधा प्रति नगरपालिका स्वयं जिम्मेवार नदेखिएको हुदा नगरबासीहरुको सेवा प्रवाह प्रति
हामी गम्भीर हुदा हुदै हाम्रा बृति बिकासकालागी नगर बासीमा पर्न जाने असुबिधा प्रति क्षमा प्रार्थी
छौं भनेका छन् । साथै उनीहरुले २० गते सम्म पनि माग पुरा नभएमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने जनाएका छन् ।
घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु
१. २०७८।०३।०९ गते विभिन्न सञ्चार माध्यमबाट आफ्ना. मागका बारेमा जानकारी गराउने ।
२. २०७८।०३।१० गते देखि २०७८।०३।१२ गते सम्म आफ्ना माग पुरा गर्नका लागि साविक स्थानीय
निकायका कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी सांकेतिक रुपमा विरोध गर्ने ।
३. २०७८/०३/१३ गते एक घण्टा पेनडाउन गर्ने ।
४. २०७८/०३।१४ गते दुई घण्टा पेनडाउन गर्ने ।
५. २०७८।०३।१५ गते चार घण्टा पेनडाउन गर्ने ।
६. २०७८।०३।१६ गते छ घण्टा पेनडाउन गर्ने ।
७. २०७८।०३।१७ गते देखि २० गते सम्म पुर्ण रुपमा सेवा ठप्प गर्ने ।
८. २०७८।०३।२० गते सम्म पनि माग पुरा नभएमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने ।