41.3 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पचास प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण किसानलाई वितरण

परासी, १४ असार ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पचास प्रतिशत
अनुदानमा विभिन्न कृषि उपकरण किसानलाई वितरण गरेको छ । आज एक कार्यक्रमकाबीच
रामग्राम ८ र १२ का कृषकहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।
कृषकलाई कृषि उपकरण वितरण गर्दै नगर प्रमुख नरेन्द्र गुप्ताले परम्परागत प्रविधि र निर्वाहमुखि
कृषि गरिरहेका कृषकहरुलाई आधुनिक प्रविधि र व्यवसायिक कृषि पेशामा प्रेरित गर्न अनुदानमा
कृषि उपकरण वितरण गरिएको बताउनुभयो । उहाँले पाएको प्रविधिको सहि सदुपयोग गरी लाभ
लिन अनुरोध गर्नुभयो । प्रविधिले कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण
वितरण गरिएको उहाँको भनाई थियो । वडा नं. ८ मा मनकामना कृषक समूहमा
तरकारी पकेट क्षेत्रका कृषकलाई उपकरण वितरण गरिएको हो भने वडा नं. १२ कुनुवारमा
स्थानीय कृषक समूहलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वडा नं. ८ मा मनकामना कृषक समूहमा आवद्ध तरकारी पकेट क्षेत्रका कृषकलाई उपकरण
वितरण गरिएको हो भने वडा नं. १२ कुनुवारमा स्थानीय कृषक समूहलाई वितरण गरिएको
नगरपालिकाले जनाएको छ ।
वडा न.८ का कृषकहरुलाई पम्प सेट, स्पेयर मेसिन, तरकारि राख्ने क्यारेट, हात्ते ट्याक्टर,
मिनिटिलर, डेलिभरी पाईप लगायतका नौ लाख बढीका कृषि सामग्री वितरण गरिएको वडा अध्यक्ष
महेन्द्र ठाकुरले जानकारी दिनुभयो । यो वडा वर्षीदेखि तरकारीको पकेट क्षेत्रको रुपमा
परिचित रहेको उहाँले बताउनुभयो । १२ नं. वडामा कृषकहरुलाई पावर टिलर, पम्पुसेट, मोटर, स्पेयर
ट्यांकी वितरण गरिएको नगरपालिकाका कार्यपालिका सदस्य रोशन कुमार शाहले जानकारी दिनुभयो ।

थप समाचार

ताजा खबर