41.3 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

रामग्रामको घण्टाघरचोक र नवलपरासीको बर्दघाटनगरपालिकामा घण्टाघर

परासी, १४ असार ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा घण्टाघर निर्माण हुने भएको छ ।पर्यटक आकर्षण गर्न तथा बजारको सौन्दर्यता बढाउन घण्टाघर निर्माण गर्न लागिएको बर्दघाट नगरपालिकाले जनाएको छ।
बर्दघाट ४ स्थित पाँचकुनेमा निर्माण हुने घण्टाघर झण्डै१०० फिट अग्लो हुने नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।घण्टाघर निर्माणको काम अघि बढीसकेको भन्दै उहाँलेआगामी वर्ष भित्र सम्पन्न हुने जानकारी दिनुभयो ।घण्टाघर निर्माणको लागि टेन्डर भईसकेको छ ।नगरपालिकाले घण्टाघर निर्माणका लागि आगामी आव२०७८०७९ को बजेटमा रु ७५ लाख विनियोजनगरेको नगर प्रमुख बस्यालले बताउनुभयो । बजारको सौन्दर्यता र पर्यटकीय हिसाबले घण्टाघर उपयोगी हुनेउहाँले बताउनुभयो भने परासी बजारको सौन्दर्यकरण गर्न रामग्राम नगरपालिकाले बजारमा घण्टाघर निर्माण गरिरहेको छ । बजारको आकर्षण बढाउन र बुद्ध नगरीकोे पहिचान गराउने उद्देश्यले नगरपालिकाले ७२ लाख रुपैयाँमा महेसपुर चोकमा घण्टाघर निर्माण गरिरहेको हो ।घण्टाघर पेगोडा शैलीमा निर्माण भैरहेको छ । यस घण्टाघरको माथिल्लो भागमा पित्तलको गजुर राखिने छ, त्यसभन्दा तलको भागमा घडी राखिने छ । त्यस्तै बिचको भागमा बुद्धको प्रार्थना चक्र र तल रामग्राम स्तुपको झल्को दिने सजावट हुने छ। आहिले तयार भैसक्नु पर्ने घण्टाघर कोरोनाको कारणले समान विदेश बाट आयात गर्नु पर्ने हुदा ढिला भएको रामग्राम नगरपालिकाका इ सतिश गुप्ताले जानकारी दिए ।
यो घण्टा घर प्रदेश नं. ५ कै नमुना घण्टा घर रहने र यस्तो डिजाईनको घण्टा घर नेपालमै नरहेको रामग्राम नगरपालिकाको दावी छ ।

थप समाचार

ताजा खबर