40 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

कुनवारका महिला खानेपानी लिन लाइनमा

 

पश्चिम नवलपरासीको रामग्रामका १२ ठुलो कुनवारका महिला खाने पानी लिन लाइनमा बस्ने गरेका छन् । टोलका महिला बिहान र बेलुका एकै ठाउँमा रहेको हेन्डपाइपमा पानी लिन आउने भएपछि लाइनमा बसेर आर्सेनीक युक्त पानी लग्न बाध्य छन् ।
रामग्राम १२ को कुनवारमा पानीका हेन्डपाइपमा नेपालकै सबैभन्दा बढी आर्सेनिक पाइने भएपछि त्यहाँका अधिकांस महिला खानेपानीका लागि लाइन बसेर पानी लग्ने गरेकोे स्थानीय लोकबहादुर चौधरीले बताए । गाउँमा रहेका अधिकांस हेन्डपाइपमा आउने पानी आर्सेनिक युक्त रहेका कारण टोलको एउटा हेन्डपाइपमा आर्सेनिक नभएका कारण बिहान र साँझ टोलका सबै महिला पानीका लागि लाइनमा बसेर पानी लैजाने गरेको चौधरीले बताए । आर्सेनिकका कारण रामग्राम १२ का ३ जनाको मृत्य भएको छ । अहिले पनि केही मानीस बिरामी रहेका छन् । जिल्लाको आर्सेनिक प्रभावित क्षेत्रका हेन्डपाइप (ट्युबेलको ) पानीमा भने ६ सय पिपिबिसम्म आर्सेनिक रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० पिपिबिभन्दा बढी आर्सेनिक भएको पिउन योग्य हँुदैन तर नेपालमा ५० पिपिबिसम्मको पानी पिउन सकिने मापदण्ड बनाइएको छ । रामग्राम मात्रै होइन पश्चिम जिल्लाको दक्षिण भेगका धेरै स्थानमा मानिसहरू मन्द विषसहितको पानी पिउन बाध्य भएपछि प्रदेश सरकारले खानेपानीको क्षेत्रमा आगामि आर्थिक वर्षका लागि पश्चिम नवलपरासीमा झन्डै २ अर्ब बजेट विनियोजन गरेको छ । रामग्राम १२ को सानो कुनवार, ठूलो कुनवार र बैकुन्ठापुर गाउँका अधिकांस हेन्डपाइपमा आर्सेनी युक्त पानी आउने गरेको छ । सानो कुनवार, ठूलो कुनुवार र बैकुण्ठापुरका ५ सय ३३ घर परिवार शुद्ध पिउने पानीको प्रतिक्षामा छन् । आर्सेनिक प्रभावित क्षेत्रमा पश्चिम नवलपसीका प्रदेश सभासद तथा आर्थिक मामीला तथा योजना मन्त्री बैजनाथ चौधरीको पहलमा लुम्बिनी प्रदेश सरकारको ५ करोड ११ लाखको लागतमा दुई वर्षदेखि खानेपानी आयोजना निर्माणको काम भइरहेको छ ।
भूमिगत पानि निकालेर परीक्षण सकिएको छ भने २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माणको अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिजिभन कार्यालय परासीका प्रमुख जग्गन्नाथ गहतराजले बताएका छन् । उक्त आर्सेनिकको समस्या छ भने हेन्डपाईपमा १सय ६० फिट गाड्दा समेत सुद्ध पानी नआउने अर्कौ समस्या रहेको स्थानीयले बताए । कोभिडको–१९ को कारण भएको बन्दा बन्दीका कारण पनि खानेपानीको पाइप लाइन खन्न समस्या भएको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका लोकबहादुर चौधरीले बताएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलको निगरानीमा बैकुन्ठापुरमा निर्माण भैरहेको खानेपानी योजना आगामी २०७८ ÷०७९ मा आर्सेनिक युक्त पानी पिउन बाध्य सयौँ परिवार शुद्ध पिउने पानी वितरण हुनेमा प्रतिक्षा रहेका छन् ।

थप समाचार

ताजा खबर