परासी, २ असार
असल छिमेकी नेपाल कास्की पोखराले नवलपरासीको सरावल र पाल्हीनन्दन गाउँपालिकालाई स्वास्थय सामाग्री हस्तान्त्रण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९को संक्रमण रोकथाममा हातेमालो गर्दै संस्थाले सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाद्धारा बनाइएको आईसोलेशन सेन्टरहरुलाई उक्त स्वास्थ्य सामाग्री हस्त्रान्त्रण गरेको हो ।
विगतका बर्षदेखि नै सरावल र पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाइ सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले ति गाउँपालिकाहरुले बनाएको आइसोलेशन सेन्टरहरुलाई सहयोग पुग्ने गरि ३ लाख ३० हजार २१२ रुपैया बराबरको ति स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
असल छिमेकीले सरावल गाउँपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर २ थान, मास्क ५० बक्स, सेनिटाईजर ५ लिटर, पिपिई ८ सेट, फेस सिल्ड २० पिस, अक्सिमिटर ८ पिस, ह्याण्डवास १० पिस, थर्मामिटर ८ पिस, बिपी सेट २ पिस, नेबुलाईजर ४ पिस, भिटामिन्स, प्यारासिटामोल सहितका औषधीहरु गरि २ लाख ७१ हजार ४१६ रुपैया बराबरको स्वास्थ्य सामाग्री संस्थाका नवलपरासी एरिया ईन्चार्ज पुरन सोतीमगरले गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीलाई हस्तान्त्रण गरेका हुन् ।
त्यस्तै संस्थाले पाल्हीनन्दन गाउँपालिकालाई मास्क ५० बक्स, सेनिटाईजर ५ लिटर, ग्लोब्स ५ बक्स, पिपिई ८ सेट, फेस सिल्ड २० पिस, अक्सिमिटर ३ पिस, ह्याण्ड वास १० पिस, थर्मामिटर ५ पिस, बिपी सेट २ पिस, पैरासिटामोल, भिटामिन्स, जिन्क औषधि सहित ५८ हजार ७९६ रुपैयाको उक्त स्वास्थ्य सामाग्री संस्थाकि सामाजिक परिचालक पर्मावति चौधरीले गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई हस्तान्त्रण गरेकि हुन ।
ति स्वास्थय सामाग्रीहरु ग्रहण गर्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले यस्तो माहामारीका बेलामा प्राप्त यि स्वास्थ्य सामाग्रीहरुले आईसोलेशन सेन्टरमा निकै ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उहाँहरुले यि स्वास्थ्य सामाग्रीहरुलाई आईसोलेशन सेन्टरमा पठाउने जानकारी दिए ।
संस्थाले विगतका बर्षहरुमा आपद विपदका सर–सामान तथा विपदमा परि पिडित भएका व्यक्तिहरुलाई राहत वितरण गर्दै आएको एरिया ईन्चार्ज पुरन सोती मगरले जानकारी दिए ।