14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

नवलपरासी पीश्चमका ठूला उद्योगहरूले विद्युत्को समस्याबाट छुटकारा पाउने

जेठ २९ परासी,

पश्चिम नवलपरासीको सुनवल १३ सूर्यबस्तीमा विद्युत् सवस्टेशन गृहको निर्माण कार्य सकिएको छ । सरकारले राष्ट्रिय महत्वको योजनाको रूपमा लिएको सवस्टेशन एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा विद्युत् प्राधिकरण र नेपाल सरकारको १ अर्ब ८० लाखको लागतमा न्यू बुटवल सवस्टेशन निर्माण गरेको हो ।
यही असार १५ भित्र निर्माण सक्नुपर्ने सम्झौता अगावै आयोजना निर्माणका सबै काम सकिएको आयोजनाले जनाएको छ । टाटा प्रोजेक्ट्स लिमिटेड भारतले निर्माण गरिरहेको सवस्टेशनको परीक्षणको काम भने बाँकी रहेको आयोजनाका प्रमुख विश्व रञ्जन मिश्रले बताए । भारतीय ठेकदार कम्पनी भएकाले प्राविधिकहरू पनि भारतबाट आउनुपर्ने हुन्छ, कोरोना महामारीका कारण प्राविधिक आउन नसक्दा परीक्षण र सञ्चालनको काम हुन सकेको छैन, निर्माणका सबै काम सकिएको उनले बताए । यस क्षेत्रमा ठुलो सवस्टेशन नहँुदा विद्युत् वितरणका लागि समस्या हँुदै आएको अवस्थामा सवस्टेशन सञ्चालनमा आएपछि राष्ट्रिय प्रशारण लाइनको स्तरोन्नति हुने छ ।
नवलपरासीमा ठुला उद्योगहरू खुल्ने क्रम बढिरहेको समयमा विद्यमान १ सय ३२ केभीको संरचनाले उद्योगलाई चाहिने आवश्यक विद्युत् उपलब्ध हुन सकेको थिएन । सवस्टेशनमार्फत उद्योगको माग अनुरूप छुट्टै वितरण प्रणालीबाट आवश्यक विद्युत् वितरण हुने छ ।
स्थानीयबासीको घरायसी प्रयोगका लागि १ सय मेगावाट विद्युत् वितरण गरिने छ । जसले गर्दा यस क्षेत्रमा विद्युत् वितरणको गुणस्तरीयता बढ्ने प्रमुख मिश्रले बताए । कालीगण्डकी र त्यस आसपास उत्पादन भएका विद्युत् कालीगण्डकी करिडोर हँुदै सवस्टेशनसम्म आइपुग्ने छ, त्यहाँबाट विद्युत् विभाजन गरी आवश्यक स्थानमा वितरण गरिने आयोजनाले जनाएको छ ।
१८ विगाहा क्षेत्रफलमा फैलिएको उक्त आयोजनाले एक विगाहा जमिन खरिद गरी वितरण प्रणाली पनि निर्माण गर्दै छ । जसबाट स्थानीयस्तरमा पनि विद्युत् वितरण गर्न सहज हुने छ ।
सोही आयोजनाअन्तर्गत न्यू बुटवल बर्दघाट २ सय २० केभी डबल सर्किट प्रशारण लाइन पनि निर्माण भइरहेको छ । ६४ करोड १४ लाखको लागतमा पावर चाईना सेप्को वानले प्रशारण लाइन विस्तारको काम गरिरहेको छ । हालसम्म विद्युत् प्रशारण लाइनको १५ प्रतिशत मात्रै काम सकिएको छ ।
सोही प्रशारण लाइनमार्फत भरतपुर बुटवल लाइनमा २ सय २० केभी विद्युत् जडान हुने छ र राष्ट्रिय प्रशारण लाइनसम्म जोडिने छ । कोभिडका कारण भारतबाट आउने प्राविधिक नआएका कारण सवस्टेशनको परीक्षण गर्नु पर्ने काम हुन सकेको छैन ।
स्टेशन निर्माणपछि कालीगण्डकी करीडोर २ सय २० केभी प्रसारण लाइन डवलसर्कीट न्यू बुटवल सबस्टेसनबाट बर्दघाटमा रहेको भरतपुर बर्दघाट प्रसारण लाइनमा जोडिएपछि मौजुदा १३२ केभी लाइनमा जोड्दा नयाँ स्रोतको श्रृजना हुने आयोजनाका प्रमुख मिश्राको भनाइ छ ।

थप समाचार

ताजा खबर